मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियामा सशस्त्र प्रहरी द्धारा हतियार सहित २ पक्राउ
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया, फाल्गुण,६ । बर्दियामा भरुवा बन्दुक र गोली सहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. मधुवन धरौराबाट गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीले हतियार सहित उनीहरुलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक भुपेन्द्र बहादुर पालको कमाण्डमा खटिएको टोलीले शंका मानि खानतलास गर्दा मधुवन नगरपालिका वडा नं.–७, गंगाबस्ती बाट मधुवन ७ बस्ने ५० बर्षिय लिल बहादुर कुँवर, मधुवन ९ बस्ने ३६ बर्षिय दिल बहादुर चौधरी पक्राउ भएका हुन । उनीहरुसँग भरुवा बन्दुक १ थान सोमा लाग्ने गोली १२ थान, बारुद २ सय ५० ग्राम, भरुवा बन्दुकमा लाग्ने व्यारिङ्गको गोली ३५ थान, केप ८ थान बरामद गरिएको सशस्त्र प्रहरी बल गुलरिया बर्दियाले जानकारी गराएको छ । पक्राउ भएका २ जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा पठाइएको शसस्त्र प्रहरी बल बर्दियाका सशस्त्र प्रहरी उपरिक्षक यादव विश्वकर्माले बताएका छन् । उनीहरुबाट भरुवा बन्दुकमा लाग्ने सानो छररा २६ थान, खुकुरी १ थान, चक्कु १ थान, बन्चरो १ थान र मोबाईल २ थान बरामद गरिएको बताईको छ ।

  • ६ चैत्र २०७६, बिहीबार ११:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित