मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उद्योगी व्यापारीहरुले आपतकालिन समयमा मानविय धर्म होस : उपप्रमुख चौधरी
  • मार्गरेखा संवाददाता

  •  किरण स्वर्णकार बाँके /२०७६ चैत्र ६ गते  चिनको बुहान बाट फैलिएको कोरोना भाइरस महामारी फैलिरहेको विषयले निकै चर्चा लिएको छ बुधबार सम्मको विश्वभरको तथ्याङ्क अनुसार २ लाख ६ हजार ८ सय ५२ जना मानिसहरु संक्रमण भइसकेका छन् भने मृत्युहुनेहरुको संख्या ८ हजार २ सय ७२ र चीनमा ८० हजार ८ सय ९४ जना संक्रमित रहेका छन् । बिश्वका धेरै देशहरुले शंकटकालको घोषणा समेत गरिसकेका छन् । आपतकालीन समयमा सबैले आफ्नो आफ्नो ठाँउबाट सहयोग गर्न जरुरी रहेको छ ।
    यसलाई मध्यनजर गर्दै कोहलपुर नगरपालिकाले कोरोनाको महामारी फैलिरहेको अवस्थामा कोरोनाका बारेमा गलत कुरा नगर्न ,दैनिक उपभोग्य बस्तु, मेडिकल सामाग्री लगायत अतिआबश्यक बस्तुको कृतिम अभाब सिर्जना गरि कालोबजारी नगर्न सम्वन्धीत उद्योगी,व्यापारीहरुलाई अनुरोध गरेकी छिन् ।
    कोहलपुर नगरपालिका भित्र यस्तो आपतकालीन समयमा गलत कार्य गरेको भेटिएमा कडा कारबाही गरिने कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु चौधरीले बताइन् विश्वभर संक्रमण स्थिती भएको बेला कसैले कालोबजारी गरेमा कोहलपुर नगरपालिकामा वा आफुलाई तुरुन्त सुचना दिन उपप्रमुख चौधरीले अनुरोध गरिन । “हामिले सुरुमा अनुरोध गरेका छौ तर कालोबजारी भएको थाहा पाएमा हदै सम्मको कारबाही गरिनेछ् उनले भनिन् ।

  • ६ चैत्र २०७६, बिहीबार १७:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित