मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोरोना भाइरसका कारण रोजगारीको शिलशिलामा गएका नेपालीहरु घर फर्कदै
  • मार्गरेखा संवाददाता

  • समिक्षा शाही चैत्र ६ बाँके / बिश्व नै कोरोना भाइरसको चपेटामा परेको बेलामा र भारतमा समेत कोरोना भाइरसको संक्रमण देखिएको र केहि व्यक्तिको यसैका कारण मृत्यु समेत भइसकेको हुँदा भारतका विभिन्न ठाउँहरुमा विभिन्न पेशा र काम गरेर बसिरहेका नेपाली कामदारहरु आफ्नो जन्मभुमी नेपाल फर्किरहेका छन् ।
    कोरोना भाइरस संक्रमण फैलिन नदिन रुपडिया नाकामा सवारीसाधन सन्चालनमा बुधवारदेखि पूर्णरुपमा रोक लगाइएपछी अहिले भारतबाट रोजगार गरेर नेपाल फर्कनेहरुको चलह पहल बढेको छ । जमुना नाकामा अधिकाश नेपालीहरु भारतको सिम्ला,सुरत, बम्बै लगायतका ठाँउहरुबाट ठूलो संख्यामा नेपाली कामदारहरु देख्न पाइन्छ । केही महिना अगाडी भारतको सिम्लामा काम गर्न सुर्खेतका भरत वि.क. यतिखेर आफ्नो परिवार सहित बिहिबार नेपाल फर्किए कोरोना भाइरसका कारण भारतमा पनी यसको असर परेकाले आफु काम गर्न छाडेर सपरिवार सहित नेपाल आएको उनले जमुना नाकाको भेटमा बताए । त्यस्तै भारतको बम्बैमा काम गर्न गएका अछामका रमेश केसी पनी सपरिवार सहित नेपाल फर्किएका छन् । कोरोनाको त्रासले काम गर्ने मनस्थीती नै नभएकोले नेपाल फकिर्नु परेको उनले बताए । रोजगारीको शिलशिलामा भारत गएका अधिकाश नेपालीहरु जुमना नाकामा फर्कदै गरेको भेटिन्छन् ।

  • ६ चैत्र २०७६, बिहीबार १९:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित