मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राप्तीसोनारीका वैज्ञानिक वनमा विरुवा उत्पादन हुँदै
  • मार्गरेखा संवाददाता

  • स्याम विष्ट २०७६ चैत्र ८ राप्तीसोनारी गाउँपालिकामा रहेका वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू भएका सामुदायिक वनमा नयाँ विरुवा पुनर्उत्पादन हुन थालेका छन् । माउ रुख छोडेर रुख कटान गरी झाडी सफाई गरिएकाले राप्तीसोनारी २ र ८ वडाका ११ वटा सामुदायिक वनमा सालका नयाँ विरुवा उम्रेरका छन् । रुख कटान र झाडी सफाई गर्न बाँकी वनमा भने नयाँ विरुवा उम्रिएका छैनन् । अघिल्ला वर्षहरुमा रुख काटिएका प्लटमा नयाँ विरुवा उम्रेर हुर्किरहेका छन । शम्सेरगञ्ज सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत राज बहादुर चौधरीका अनुसार वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागु भएको हरेक वनलाई एक–एक वटा कम्पाटमेन्ट मानी आठ वटा आठ वटा सवकम्पाटमेन्टमा विभाजन गरी बाक्लो र बुढा पुराना बिग्रेका रुखहरु बढी भएको सवकम्पाटमेन्टको १० वर्षिय कार्ययोजना बनाइ रुख संख्याको आधारमा वार्षिक रुपमा सेलटर उद सिस्टमबाट पुर्नउत्पादन कटान कार्य भइरहेको छ । कटान गर्नु अघि कटान क्षेत्रभित्र माउरुख छुट्याइ छपान कार्य भइरहेको छ । बैज्ञानिक वनमा रुखको औषत आयु ८० वर्षको मानी बाली चक्र निर्धारण गरिएको छ । राप्तीसोनारीका वडा नं. २ मा १० वटा र ८ मा १ वटा सामुदायिक वनमा २०७३ सालदेखि वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागु भएको छ । ३२७२.०५ हेक्टर (वन क्षेत्रमा) जमिनमा फैलिएको सामुदायिक वनलाई आठ वटा सबकम्पटमेन्ट मध्ये एउटा सबकम्पटमेन्टमा राप्तीसोनारी २ मा जयदुर्गा सामुदायिक वन उपभोक्ता समुह , जनमुखी सामुदायिक वन, काटेदेवि युवा प्रगति सामुदायिक वन, असोक सामुदायिक वन , मधु सामुदायिक वन , लालिगुरास सामुदायिक वन ,हरियालि सामुदायिक वन ,जनकल्यान सामुदायिक वन , हरलाफाटा सामुदायिक वन , शिद्धशाहि सामुदायिक वन र राप्तीसोनारी ८ मा त्रिशक्ति सामुदायिक वन समुह समेत चार वर्षदेखि उपभोक्ता समितिले रुख कटान र झाडी सफाई वन व्यवस्थापन तथा अग्नीरेखा निमार्ण मर्मत ग्रेयावल गर्ने र चरिचरण क्षेत्रमा मेस जाली लगाउने कार्य र वर्ष अनुसार कटान भएका क्षेत्रलाई छुट्याउने गरी पोल राख्ने कार्य गरिरहेका छन । अघिल्ला ३ वर्षमा काटिएका प्लटहरुमा सालका लाठरा साइजका रुखहरु बाख्लो स्थितीमा रहेकोले थिनीङ गर्नुपर्ने अवस्थामा रहेका छन भने नयाँ विरुवा बढी बाक्लो अवस्थामा रहेकोले एकल्याने कार्य निरन्तर रुपमा गरिरहेका छन् । राप्तीसोनारी २ मा १० वटा ८ मा १ वटा चारवर्षदेखि ११ वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू गरिएको छ । कार्ययोजना लागू भएको सबै वनमा कटान गरिएका प्लटहरुमा नयाँ विरुवाको अवस्था अति राम्रो रहेको र जनसहभागिता मुलक तरिका बाट वनको संरक्षण संवद्र्धधन ,व्यवस्थापन, पारदर्शित रुपमा सदुपयोग र बिक्री वितरण भइरहेको र वनको विज्ञहरुले अध्ययन र प्रयोग गरेर नै वैज्ञानिक वन व्यवस्थापनको अवधारणा ल्याएको र नेपाल सरकारले लागु गरेको हुनाले अवधारणा राम्रो रहेको पुष्टि हुँदै गएको वन सहायक अधिकृत चौधरीले बताए । जय दुर्गा भवानी सामुदायिक वनका अध्यक्ष दिर्घ बहादुर बुढाथोकीले रुख कटान गरिएको प्लटहरुमा नयाँ सालका विरुवा उम्रिदै हुर्किरहेको बताए । उनले पहिलो वर्षमा कटान गरिएको प्लटमा नयाँ उम्रेका विरुवा हुर्किदै लाथ्रा भइसकेकाले माउ रुख पनि हटाएर छनोट गर्ने बेला भइसकेको बताए ।

  • ८ चैत्र २०७६, शनिबार १७:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित