मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तरुण नेता केसीद्धारा निःशूल्क हात धुने व्यवस्था
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुर–१० स्थित हाई स्कुल चोकमा निःशूल्क हातधुने व्यवस्था मिलाईएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिने लक्ष्यका साथ सार्वजनिक स्थलमा हात धुने व्यवस्था नेपाली काँग्रेस भातृ संस्था नेपाल तरुण दलका नेता लुट बहादुर केसीले गरेका छन् । पछिल्लो समय कोरोना रोगको संक्रमणबाट बच्न साबुन पानीले हात धुन आवश्यक रहेको अवस्थामा केसीको व्यक्तिगत लगानीमा साबुन र हेन्डवास सहित पानी ट्याङ्की राखिएको छ । उक्त ठाँउमा २४ सै घण्टा निशुल्क हात धुने सुविधा उपभोग गर्न पाईने छ । तरुण नेता केसीका अनुसार कोरोना भाईरसबाट बच्न र बचाउन सबैलाई आग्रह गर्दै सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिँदै कोरोना भाईरसप्रति सचेत हुन सम्पूर्ण कोहलपुर नगरवासीलाई आग्रस समेत गरेका छन ।

  • ९ चैत्र २०७६, आईतवार १७:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित