मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा भोलिदेखि जनता कर्फ्यु,
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ।बाँकेमा भोलिदेखि जनता कर्फ्यु लाग्ने भएको छ । स्थानीय प्रशासनले सवारी साधन र अनावश्यक हिंड्डुल रोक्न जनता कर्फ्र्यु लगाउने भएको हो ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अत्यावश्यक बाहेक कसैलाई बाहिर निस्कन नदिने बताउनुभयो । घर बाहिर निस्कनेलाई प्रहरीले बल प्रयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

    घरमै सुरक्षित साथ बस्न आग्रह गर्दै लकडाउन गरिएपनि मानिसहरु अनावश्यक रुपमा घर बाहिर निस्किएपछि जनता कर्फ्र्यु लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । उहाँले सबैलाई घरमै सुरक्षित बसिदिन आग्रह गर्नुभएको छ ।

  • १० चैत्र २०७६, सोमबार १८:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित