मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राप्तीसोनारी गाँउपालिकाले कोरोना सम्बन्धि २० हजार प्रचार सामग्री बाँडियो
  • मार्गरेखा संवाददाता

  • २०७६ चैत्र १० राप्तीसोनारी गाउँपालिकाले कोरोना भाईसको रोकथाम तथा नियन्त्रणकालागि विशेष अभियान संचालन गरेको छ । गाउँपालिकाले सोमबार कोरोना सम्बन्धी जनचेतानामुलक गतिविधि संचालन गर्नुका साथै माक्स वितरण गरेको छ ।
    गाउँपालिकाले कोरोना भाइरस फैलन नदिन स्वास्थ्य संस्थामा १ हजार ८ सय माक्स ५६ वटा व्यानर १० वटा सेनेटाइजर २० हजार थान पम्पलेट प्रचार सामाग्री राप्तीसोनारी गाँउपालिका टोलबस्ती,बजार लगायतका ठाँउमा वितरण गरेको छ । सबैलाई होम क्वारेन्टाइनमा बस्न, मास्क प्रयोग गर्न र नियमित साबुनपानीले हात धुन अनुरोध गर्नुकासाथै सबै वडाहरुमा सचेतता मुलक सन्देश प्रवाह गर्न माइकिङ गरिएको र सबैलाई कोरोना भाइरसबाट बच्नका लागी सचेत रहन गाउँपालिका उपाध्क्षय धनी कुमारी खत्रीले जानकारी दिइन ।
    गाउँपालिकाले कोरोना भाईरस सम्बन्धि जनचेतानामुलक अभियान संचालन गर्नुका साथै विश्वब्यापी रुपमा महामारीको रुप लिईरहेको कोरोना भाईरसको बारेमा स्थानियहरुलाई जानकारी दिने उद्धेश्यले अभियान संचालन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद चुडालीले बताए ।

  • ११ चैत्र २०७६, मंगलवार १०:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित