मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुर्खेतमा लकडाउन उल्लङ्घन गर्ने तीन जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • स्याम विष्ट २०७६ चैत्र ११ सुर्खेत  विश्वका विभिन्न देशहरुमा फैलिएको कोरोना भाइरसका कारण मंगलबार बिहान देखी साँझ सम्म सुर्खेत सुनसान देखियो तरपनि अटेर गरी सवारी साधन बाइक अटोरिक्सा ,स्कुटर चलाउनले र ‘लकडाउन’ उल्लंघन गर्ने तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीलाई अवरोध पु¥याएकाले उनीहरुलाई पक्राउ गरिएको हो ।
    लकडाउनका समयमा प्रहरीलाई अवरोध गरेकाले पक्राउ गरिएको डीएसपी रवि रावलले जानकारी दिए । त्यस्तै लकडाउन उल्लंघन गरेर सञ्चालन गरिएका मोटरसाइकल, स्कुटर र ओरिक्सा चालकहरुलाई पनि नियन्त्रणमा लिइएको थियो ।प्रहरीले दिउँसो तीन बजेसम्म लकडाउन उन्लंघन गरी चलाएका एक सय ६१ वटा मोटरसाइकल, ५५ वटा गाडी र सात वटा अटोरिक्सा नियन्त्रणमा लिएको जनाएको छ । रावलले २१ वटा सवारी साधनलाई कारबाही गरिएको जानकारी दिए । सरकारले लकडाउन गरेपनि नागरिकले भने उल्लंघन गरेपछि प्रशासनले कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन प्रशासनले नागरिकलाई आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले अनुगमनलाई जोड दिइएको जानकारी दिए । उनले जिल्ला भित्रिने नाकाहरुमा पनि कडाइ गरिएको बताए ।

  • ११ चैत्र २०७६, मंगलवार १८:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित