मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसका प्रदेश न ५ का सभा सदस्यहरुले १५ दिनकाे पारिश्रमिक कोभिड-१९ नियन्त्रण तथा रोकथाम कोषमा जम्मा गर्ने
  • मार्गरेखा संवाददाता

  • ११ चैत, बुटवल । नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले १५ दिनको पारिश्रमिक प्रदेश सरकारले गठन गरेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

    चैत महिनाको पारिश्रमिकबाट १५ दिन बराबरको रकम सहयोग गर्ने निर्णय भएको नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका कार्यबाहक नेता वीरेन्ऽकुमार कनौडियाले जानकारी गराए ।

    प्रदेश ५ मा नेपाली कांग्रेसका १९ जना सांसद छन् । उक्त रकम कोभिड-१९ को नियन्त्रण, उपचार र राहतमा मात्र खर्च हुने बताइएको छ ।

    यसअघि प्रदेश सरकारले स्थापना गरेको कोरोना विपद् कोषमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का सांसदहरूले पनि १५ दिन बराबरको तलब दिने निर्णय गरेका थिए ।

    प्रदेश सरकारको सोमबार बसेको बैठकले दस करोडको विपद् कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

  • ११ चैत्र २०७६, मंगलवार १८:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित