मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नरैनापुर गाउँपालिकामा १० शैयाको क्वारेन्टाइन केन्द्र बनाइदै
  • मार्गरेखा संवाददाता

  • स्याम विष्ट /बाँके चैत्र १३ बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइन रुपमा विद्यालयलाई केन्द्र बनाइने भएको छ । कोरोना भाइरसको संक्रमणको पूर्वतयारीका रुपमा गाउँपालिकाको वडा नम्बर ४ खोदवाँस्थित नेपाल राष्टिूय प्राथमिक विद्यालयलाई क्वारेन्टाइन केन्द्र बनाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनले क्वारेन्टाइन लागि विद्यालयलाई प्रयोग गर्ने तयारी भइरहेको जानकारी दिए । कोरोना भाइरस संक्रमित भएका स्थानहरुबाट आएकालाई तत्काल क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको अध्क्षय शाहले जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख मोइन खाँले अहिलेलाई १० शैयाको क्वारेन्टाइन बनाउने तयारी गरिएको जानकारी दिँदै आवश्यकता अनुसार अन्य स्थानमा पनि क्वारेन्टाइन बनाउन सकिने बताए ।आइसोलेसनको लागि सम्पूर्ण तयारी भइरहेको छ आवश्याक सामाग्री खरिद प्रक्रिया समेत सुरु भइसकेको छ उनले भने गाउँपालिकामा कोहि पनि व्यक्रि कोरोना संक्रमित भेटिएमा गाउँपालिकामा उपचार गर्ने गरी तयारी गरेका छौ ।
    आइसोलेसनको लागि तयारी आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गाउँपालिकाले गर्ने छ । शुक्रवारसम्म क्वारेन्टाइन केन्द्र तयार हुने अध्क्षय शाहले जानकारी दिए । गाउँपालिका अध्क्षय इस्तियाक अहमद शाहले गाउँपालिका बासीहरुलाई संयमित रहन आग्रह गरे । कोरोना भाइरस संक्रमणको आशंका भएका व्यक्तिलाई राख्न क्वारेन्टाइन बनाइएको हो । यस्तै गाउँपालिकाभित्र पछिल्लो समय बाहिरी देशबाट आएका स्थानीयहरुको पहिचान गरी स्वास्थ्य जाँच गरेर आवश्यकता अनुसार नेपालगन्ज रेफर गर्ने रणनीति बनाइएको स्वास्थ्य शाखा प्रमुख खाँले बताए ।
    “स्वास्थ्य जाँच गर्दा सामान्य अवस्था देखिएमा घरमै आइसोलेशनमा बस्न लगाउँछौं, शंकास्पद विरामीलाई नेपालगन्ज रेफर गर्छौं,“ खाँले भने ।

  • १३ चैत्र २०७६, बिहीबार ०९:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित