मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लकडाउनको तेस्रो दिन सडकमा सुरक्षाकर्मी, थप कडाइ
  • मार्गरेखा संवाददाता

  • स्याम विष्ट / बाँके, १३ चैत  कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि बाँकेको कोहलपुर तेस्रो दिन पनि सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि कोहलपुर ‘लकडाउन’को तेस्रो दिन बिहिबार पनि सुनसान बनेको हो । सङ्क्रामक रोग ऐन, २०२० जारी भएपछि पहिलोपटक कार्यान्वयनमा आएको ‘लकडाउन’बारे नागरिक अनभिज्ञ हुँदा पहिलो दिन देखी नै प्रहरी प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन निकै प्रयास गरेको थियो ।
    नागरिक अनावश्यक हिँडडुल गर्न, जमघट हुन थालेपछि पहिलो र दोश्रो दिन १ सय ५० भन्दा बढी सवारी साधनहरु नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरमा डिएसपी कुलदिप चन्दले बताए । इलाका प्रहरी कार्यालयका डिएसपी कुलदिप चन्दले पहिलो दिन केही सवारी साधन नियन्त्रणमा लिएपछि दोस्रो र तेश्रो दिन सामान्य अवस्था रहेको बताए । “अटेर गरेर लकडाउनको अवज्ञा गर्नेलाई पक्राउ गर्नुपरेको छ”, उनले भने , “पहिलो दिनको भन्दा दोस्रो दिन सहज भयो, लकडाउन बारे सर्वसाधारणले नबुझेर पनि समस्या देखिएको हो ।” बिहीवार लकडाउनको तेस्रो दिन नेपालगन्जमा सेना सहित बाक्लो सुरक्षाकर्मी परिचालन भएको छ । चोकचोकमा सेना सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि परिचालन गरिएको हो । सरकारले कोरोना भाइरस फैलने सम्भावनालाई मध्यनजर गर्दै मंगलबार देखि देशभर नै लकडाउन गरेको हो । लकडाउनको तेश्रो दिन बाँकेमा दिनभर लकडाउनको जनताले छुटफुट बाहेक अधिकाशले पालना गरे ।
    इलाका प्रहरीले माइकिङ गर्दै अत्यावश्क कामबाहेक घरबाहिर ननिस्कन अपिल गर्दै आएको छ । ‘लकडाउन’ मा अत्यावश्कीय केही पसलबाहेक अरु सबै बन्द छन् । सरकारले खाद्यान्न, तरकारी, चियापसल खुला राख्न आग्रह गरे पनि कोहलपुरका त्यस्ता अधिकांश पसल बन्द छन् । खुद्रा–खाद्यान्न, तरकारी तथा फलफूल पसल बन्द हुँदा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी बढ्न सक्ने उपभोक्ता अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

    उपभोक्ता अधिकारकर्मी दिपेन्द्र केसीले सुरक्षित भएर अत्यावश्कीय खाद्यान्न, तरकारी, फलफूल पसल खुला गर्न व्यवसायीलाई प्रहरी प्रशासनले आग्रह गर्नुपर्ने बताए । उनले भने, “लकडाउनका नाममा प्रहरीले नै त्रास फैलाएमा कालोबजारी झन् मौलाउँछ, यस्तो अवस्थामा सुरक्षित उपाय अपनाएर व्यवसायीलाई सरसामान बिक्री गर्नुस् भनेर आग्रह गर्ने हो ।”
     ज्यालादारीमा काम गर्ने मजुदुरलाई समस्या
    कोरोना भाइरसका कारण ३ दिन लगडाउन भएपछी ज्यालादारीमा काम गरेर खाने मजदुरहरुको दैनिकी कष्टकर भएको छ । कोहलपुर ४ का दिर्घ चौधरी दैनिक ज्यालादारीमा काम गर्ने मजुदुर हुन । उनका दुई छोराछोरी सहित ८ जनाको परिवार छ । हरेक दिन ज्यालादारीमा घर काम गर्ने चौधरी अहिले दैनिक चलाउन मुस्किल भएको बताउछन् । दिनभर काम गरेर साँझ खानाखर्च जोहो गर्ने चौधरीको परिवार चिन्ताको विषय बनेको छ । लामो समयसम्म बजार लगडाउन हुने भएपछी उनी लगायत थुप्रै ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई समेत दिनचर्या चलाउन कष्टकर बन्दै आएको छ । यस विषयमा सम्वन्धीत गाँउपालिका वा नगरपालिकाले समयमै ध्यान जान जरुरी देखिन्छ ।

  • १३ चैत्र २०७६, बिहीबार २०:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित