मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

म र मेरो कोरना
  • मार्गरेखा संवाददाता

  • लघुकथा

    हेलो  देब भाइ हो  हजुर ? अनि तपाईं रु म गणेश दाइ हो । हजुर दाइ भन्नू , भाइ मलाई काठमाडौको लागि एउटा टिकट चाहिएको थियो र ? हुन्छ दाइ भैहाल्छ नि , मेरो काठमाडौ जाने योजना फिक्स भयो । अब ३० दिनको बिदा अफिसबाट मिलाएर जाने तयारी पूरा गरि साथी जीवनलाई अगैयासम्म पुर्याउन लगाई । म बसमा बसि सपनाको सहर तिर लागे । गोजिबाट मोबाइल निकाली सामाजिक संजाल खोले । देख्छु एस. ई.ई. परीक्षा स्थगित …. सरकारले १५ बुदे सार्वजनिक सूचना जारी गर्दै ,,,,,के के हो के के ,,, सोचे देशमा साच्चिकै कोरनाको संक्रमण देखिएकै हो त रु मनमा सार्है डर पैदा भएर आयो । सोचे कतै यहि बसमा बसेको कसैलाई कोरना लागेको त छैन रु तेसैमा झन मेरो सिटमा एकजना भाई आएर खोक्दै बस्यो । उनलाई हल्का रुघा पनि लागेको रैछ स्याक्क ,,स्याक्क गर्दै थियो । हैट  शरिरमा कस्तो कस्तो अनुभव भयो । सोचे कतै यो मान्छेलाई कोरना भाइरस त छैन रु मेरो शरीर एक्कासि तातेर आयो , सायद मापन गरेको भए १०४ डिग्री भन्दा माथी नै थियो होला शरिरको तापक्रम । बसका यात्रु सबैले मलाई नै हेरेको झै लाग्यो ।

    एसि लागेको बसमा पनि कति गर्मी उफ श्वास फेर्न पनि धौ धौ । पछिल्लो सिटमा बसेको मान्छेले भन्दै थियो कोरना भाइरस लागेमा श्वास फेर्न पनि गार्हो हुन्छ रे ।। उफ  अब मलाई साच्चिकै कोरना भएकै हो रैछ । आउँदा तोते बोलिमा बा…बा….. बाई….ता..ता… भनेको छोरो रुसागलाई सम्झे । अनि बाबा मेरो बर्थ्डे मनाउन आउनु हुन्न कि भन्दै निन्याउरो अनुहार लागाएर बसेको छोरो बिष्णुलाई सम्झे अनि राम्रो सङग गएस नाति भन्नू भाको हजुर आमालाई सम्झे । बिचरा १ ती निर्दोषहरुलाई के थाहा मेरो हालतको बारेमा । म देखि बसमा सवार सबै जना टाढा टाढा भाग्न थाले , अघि म सङ्गै बसेको केटो पनि अगाडी गएर पो बसेछ । यसै बेला वान्ता पनि आउनु परेको उस गाडिको सहचालक सङ्ग पोलथिन मागेको मेरो नजिकै आउन डराउने । म झन झन कमजोर हुँदै गएको महसुस गरिरहेको थिए । श्वास नि अब बन्द होला होला झै भै रहेको बेला एक्कासी ,,,,,,ए,,, पाँच मिनटको लागि गाडी रोकिएको छ । जस जसलाई पाँच मिनेट लागेको छ झर्नुहोस है भन्दा पो झल्यास म ब्युझिए । हैट कस्तो सपना देखेछु ।
    सारै नमज्जाको ।

    लेखक  : गणेश वली
    लक्ष्मी मा.वि मदुई राप्तीसोनारी गाँउपालिका शिक्षक हुन । 

  • १४ चैत्र २०७६, शुक्रबार १०:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित