मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राप्तीसोनारी २ वडामा माइकिंङ
  • मार्गरेखा संवाददाता

  • २०७६ चैत्र १४ विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाइरसको संक्रमणबाट वडाबासीलाई बचाउन राप्तीसोनारी गाउँपालिका वडा नं.२ कार्यालयले स्वास्थ्य र सरसफाई सचेतना सुरु गरेको छ । वडा अध्यक्ष मदन कुमार वलीका अनुसार, बिहीवार देखी निरन्तर वडाका विभिन्न स्थानमा कोरोना भाइरस संक्रमणको पूर्व सावधानी तथा बच्ने उपायका बारेमा वडाबासीलाई जानकारी गराउन माइकिङ गरेको छ । राप्तीसोनारी २ मा वडाका सार्वजनिक स्थल चोकमा कोरोना भाइरसबाट जोगिन सचेतनामुलक ब्यानरसहित साबुन पानीले हात धुने सन्देश सहित माइकिङ गरिएको हो ।
    वडा अध्यक्ष वलीले भिडभाड नगर्न र सेल्फ क्वारेन्टाईमा घरभित्रै बस्न वडाबासीमा आव्हान गरेका छन । वडाबासीको स्वास्थ्यप्रति जनप्रतिनिधिहरु गम्भीर भएको जानकारी दिंदै उनले वडा कार्यालयबाट कामकाज बन्द भएपनि आफुहरुवडाबासीमाफ स्वास्थ्य र सरसफाईको सन्देशसहित पुगेको बताए । वडाभित्रका विपन्न समुदायका लागि सावुन वितरण गरिने र वडाबासीलाई मास्क पनि वितरण गरिने जानकारी दिंदै वडाध्यक्ष वलीले वडा कार्यालयले स्वास्थ्य सचेतनाका लागि वडामा माईकिङ गरिरहने बताएका छन् । उनले साथै भारतबाट मजदुर गरी फर्किएका व्यक्तिहरुलाई घरमै बस्न निर्देशन दिएका छन

  • १४ चैत्र २०७६, शुक्रबार १७:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित