मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राप्तीसोनारीका नागरिक “लकडाउन“ पछि घर भित्र
  • मार्गरेखा संवाददाता

  • २०७६ चैत्र १४  बाँकेको राप्तीसोनारी गाउँपालिकामा ‘लकडाउन’ प्रभावकारी देखिएको छ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले आह्वान गरेको सात दिने ‘लकडाउन’ को तेस्रो दिन बिहीवार राप्तीसोनारी नागरिकले घरमै बसेर सरकारको आग्रहलाई सफल बनाउन सहयोग गरेको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए । गाउँपालिकाले माइकिङ गरेर स्थानीयलाई घरमै बस्न आग्रह गरेको थियो ।
    बाँकेमा नेपाल सरकारले लगाएको लकडाउन तथा जनता कर्फ्यूको बिहीबार तेस्रो दिन पनि जारी रहेको छ । कर्फ्युका कारण बिहानैदेखि राप्तीसोनारीका स्थानीय बजार लगायत यस क्षेत्रका सबै स्थानहरु सुनसान देखिन्छन् । लकडाउनका कारण राप्तीसोनारी क्षेत्रका नागरिक भने घरमा नै बसिरहेका छन् । सबै स्थानहरुमा मानिसहरु अत्यावश्यक काम बाहेक बाहिर निस्केका छैन ।
    लकडाउनका कारण राप्तीसोनारी स्थानीय बजार सुनसान बनेको छ । केही निस्किएकाहरुलाई पनि प्रहरीले घर भित्रै बस्न र रोग लाग्नबाट बच्न आग्रह गरिरहेका छन ।
    कोरोना भाइरस विरुद्धको जोखिम र अभियान सफल पार्न बाँकेमा प्रशासनले लगाएको लकडाउन लागू गरेको एकहप्ते लकडाउन सफल पार्न राप्तीसोनारी गाउँपालिकाले आग्रह गरेको छ । लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर ननिस्कन राप्तीसोनारीका स्थानीय प्रहरीले समेत आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन गाउँपालिकाले लकडाउन विधि अपनाएको भन्दै यसलाई सफल बनाउन प्रहरीले अपिल गरेको हो ।
    सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गर्न सम्बद्ध व्यवसायीहरूलाई समेत अनुरोध गरेको छ । जनता कर्फ्यूका समयमा बाहिर निस्किएकाहरुलाई प्रहरीले सम्झाउँदै पठाउने गरेको छ भने कतिपयलाई कारवाही गर्ने गरेको छ । प्रहरीले पैदल यात्रुलाई सोधपुछ गरी ईमर्जेन्सी भएकालाई छोडेको छ ।राप्तीसोनारी स्थानीय बजार पूर्ण रुपमा बन्द भएका छन ।

  • १४ चैत्र २०७६, शुक्रबार १७:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित