मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मजदुर वर्ग कोषमा जेसीजकी पूर्व अध्यक्ष सुवेदीद्वारा ११ हजार सहयोग
  • मार्गरेखा संवाददाता

  • २०७६ चैत्र १४  कोहलपुर जेसिस पूर्व अध्यक्ष तथा कोहलपुर उधोग बाणिज्य संघकि सदस्य संगिता सुबेदीले मजदुर वर्ग लक्षित कोषमा रु ११ हजार रुपैयाँ सहयोग गरेकी छिन् । ५ नं. प्रदेश संसद कृष्णा केसी (नमुना) को अगुवाइमा शुरु भएको सो कोषमा सुबेदीले पनी सहयोग गरेकी छिन् । करोना भाइरस (कोभिड– १९) को संक्रमणलाई कम गर्न भनी गरिएको लकडाउनले दैनिक मजदुरी गरेर खाने बर्गहरु समस्यामा पर्ने भएपछि मजदुर कोष खडा गरिएको छ । संसद नमुनाले शुरु गरेको उक्त कोषमा सुबेदीले ११ हजार प्रदान गर्ने जानकारी गराउदै विपत्को यो घडीमा सबैले सक्दो सहयोग गर्न समेत अनुरोध गरेकी छिन् । यस्तो परिस्थितिमा सुबेदीले सानो सहयोग भएतापनी विपन्न परिवारमा दैनिकी गुजारा गरिरहेका परिवारलाई राहत हुने उनी बताउछीन् । सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउदै आएकी सुवेदी लामो समयदेखी सामाजिक क्षेत्रमै काम गर्दै विपन्न तथा गरिबीको रेखामुनी रहेका समुदाय लागी निरन्तर सेवा कर्म गर्दै आएकी छिन् ।

  • १४ चैत्र २०७६, शुक्रबार १८:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित