मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज आइरहेको नेपाल एयरलाईन्सको जहाज दुर्घटना
  • मार्गरेखा संवाददाता

  • २०७६ चैत्र १५ काठमाण्डौबाट नेपालगन्ज आइरहेको नेपाल एयरलाईन्सको जहाज दुर्घटनामा परेकोछ । कोरोना आशंकित विरामीहरुको स्वायप लिन आइरहेको नेपाल एयरलाईन्सको  जहाज नेपालगन्ज विमान स्थलमा अवतरणका क्रममा दुर्घटना भएको नेपाल एयरलाईन्स नेपालगन्जका स्टेशन प्रमुख प्रशान्त विकले जानकारी दिए ।स्टेशन प्रमुख विकका अनुसार जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा जमिन नछुदै दुर्घटना भइ घाँसे मैदानमा घस्रिन पुगेको थियो ।

    विमानमा चालक दलका ३ सदस्यसहित २ जना डाक्टर गरि ५ जना रहेका थिए । जसमध्ये एकजना नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत डाक्टर प्रवेश पन्त रहेका थिए । जहाजभित्र रहेका सवैको उद्दार गरिएको र सवै सकुशल रहेको स्टेशन प्रमुख विकले जानकारी दिए ।नेपाल लकडाउनका कारण विमान र यातायात सवै बन्द भएकाले नेपाल सरकारले कोरोना आशंकित विरामीहरुको स्वायप लिन सरकारी विमान नेपाल एयरलाई नेपालगन्ज पठाएको थियो ।

     

  • १५ चैत्र २०७६, शनिबार १४:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित