मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांगेस फत्तेपुरद्धारा मास्क वितरण
  • मार्गरेखा संवाददाता

  •  
    २०७६ चैत्र १५ नेपाली कांगेस फत्तेपुर राप्तीसोनारी ६ बाँकेले एक हजार जनालाई शनिवार मास्क वितरण गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ६ र ७ का नागरिकलाइ कोरोना भाइरस तथा कोभिड–१९ को सर्तकताका लागि एक हजार वटा मास्क वितरण गरेको नेपाली कांगे्रस फत्तेपुरका सचिव लवराज खरेलले जानकारी दिए । नेपाली कांगे्रस पार्टिले सामाजिक उत्तरदायित्व अन्तरगत कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि राप्तीसोनारी वडा नं. ६ र ७ का नागरिकलाई मास्क वितरण गरेको सचिव खरेलले बताए । विश्वभरी फैलिएको कोरोना भाइरसबाट बच्नका लागि नेपाली कांगे्रस फत्तेपुरले सबैलाई सचेत गराउनका लागि मास्क वितरण गरेको हो । मास्कले थोरै भए पनि राहात मिल्नुका साथै सचेत हुने र यसरी रोगको त्रास फैलिरहेको बेला मास्क वितरण गरेकोमा उक्त क्षेत्रका नागरिकले धन्यवाद दिए छन । साथै नेपाली कांगे्रस फत्तेपुरले सार्वजनिक स्थल तथा चोकमा कोरोनाभाइरस संक्रमणबाट बच्न पम्पलेट तथा माइकिङ गरिरहेको छ ।
  • १५ चैत्र २०७६, शनिबार १८:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित