मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरका दुई तरकारी पसललाई कार्वाही
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुरमा बढी मूल्यमा तरकारी बेचेको भन्दै दुई पसललाई कार्वाही गरिएको छ । कोरोना भाईरसका कारण सरकारले लकडाउन गरिरहेको बेला तरकारीमा बढी मूल्य लगाएको अवस्थामा कोहलपुर नगरपालिकाकि उपप्रमूख सन्जु कुमारी चौधरी नेतृत्वको टोलिले शनिवार गरेको छड्के अनुगमनका क्रममा बढी मूल्यमा तरकारी बेचेको भेटिएकोले दुईवटा तरकारी पसललाई कार्वाही गरिएको छ । कार्वाही पर्नेमा रेग्मी तरकारी फलफुल पसल  र भाट तरकारी तथा फलफुल पसल रहेका छन भनेरेग्मी पसललाई २० हजार र भाट पसललाई ५० जरिवाना समेत तोकिएको उपप्रमूख चौधरीले बताईन ।
    उपप्रमुखको संयोजत्वमा छड्के बजार अनुगमा वाणिज्य कार्यालयको प्रमुख, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष बसन्त गौतम, कोहलपुर नगरपालिकाका कर्मचारी बिर बहादुर बि क लगायतको सहभागिता रहेको थियो ।

  • १५ चैत्र २०७६, शनिबार २०:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित