मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जनमुखी सामुदायिक वनद्धारा चोक चोकमा साबुन पानीको व्यवस्था
  • मार्गरेखा संवाददाता

  • स्याम विष्ट बाँके / २०७६ चैत १६ विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरसको संक्रमणबाट समुहका उपभोक्तालाई बचाउन जनमुखी सामुदायिक उपभोक्ता समुह राप्तीसोनारी २ माथेवासले स्वास्थ्य र सरसफाई सचेतना सुरु गरेको छ ।   समुहका अध्यक्ष टोप बहादुर खडकाको अगुवाईमा शनिबार समुह क्षेत्रभित्रका विभिन्न स्थानमा ट्यांकीसहित साबुन पानीले हात धुने ब्यवस्था मिलाइएको हो । अध्यक्ष खडकाको अगुवाईमा शनिबार खोरिया ,माथेवास,हर्देवा लगायतका चोकमा कोरोना भाईरसबाट जोगिन सचेतनामुलक ब्यानरसहित साबुन पानीले हात धुने ब्यवस्था मिलाइएको छ ।
    हात धोऔं, कोरोना भाइरसबाट बचौं भन्ने सन्देश समुहका उपभोक्तामा पु¥याउन यस्तो अभियान सुरु गरिएको समुहका अध्यक्ष खडकाले बताउँछन् । उपभोक्ताको बढि जमघट हुने स्थानमा साबुनपानीको ब्यवस्था गरिएको हो ।समुहका अध्यक्ष खडकाले भिडभाड नगर्न र सेल्फ क्वारेन्टाईमा घरभित्रै बस्न उपभोक्तालाई आव्हान गर्नका लागि ८ जना कर्मचारीको व्यवस्था गरी परिचालन गरिएको छ । समुहका अध्यक्ष खडकाका अनुसार कोरोना भाइरसको संक्रमणबाट बच्न समुहका उपभोक्तालाई निःशुल्क सावुन र मास्क वितरण गरिएको बताए ।

  • १६ चैत्र २०७६, आईतवार २०:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित