मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

(COVID-19) भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि परियोजनाको आर्थिक सहयोग
  • मार्गरेखा संवाददाता

  • २०७६ चैत १६जाजरकोट/ विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि यसै गरी फैलिन सक्ने सम्भावनालाई रोक्न नागरिकको स्वास्थ्य परिक्षण हुने गरेको छ । जाजरकोट जिल्ला सुरक्षा समितिले गरेको निर्णयलाई कार्यान्वयन गर्न पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटद्वारा सञ्चालित अबसर परियोजनाको आर्थिक सहयोगमा कुशे गाउँपालिकाद्वारा स्थापना गरिएका स्वास्थ्य सहायता कक्षमा दैनिक जसो डेढ सय देखि दुई सय नागरिकको स्वास्थ्य परिक्षण हुने गरेको हो । गाउँपालिकाको प्रवेशद्वार पाँचकाटिया, बाटुल्य ठाँउबाट भित्रिने र बाहिरिने नागरिकहरुको स्वास्थ्य परिक्षण गर्ने गरिएको कुशे गाँउपालिका अध्यक्ष हरिष चन्द्र बस्नेतले बताए । कुशे गाँउपालिका स्वास्थ्य संयोजक कृष्ण बहादुर रोकायले कुशे गाँउपालिका विभिन्न वडाहरुमा भारतिय वा बैदेशिक रोजगारमा फर्केकाहरुको निगरानी गरिएको बताए ।
    अवसर परियोजना कार्यक्रम अन्र्तगत गाउँपालिकाको प्रशासनिक केन्द्र थर्पुभार्मामा सेवाग्राही नागरिकहरुको स्वास्थ्य परिक्षण गर्ने गरिएको गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । हालसम्म परिक्षण गरिएका नागरिकहरुको स्वास्थ्य अबस्थालाई हेर्दा नोवेल कोरोना भाइरस (ऋइख्क्ष्म्–ज्ञढ) को संक्रमण भएको आशंका गर्नुपर्ने कोही पनि नागरिक फेला नपरेको गाउँ स्वास्थ्य शाखाले दावी गरेको छ । कोरोना भाइरसबाट बच्नका लागि गाँउपालिका विभिन्न वडाहरुमा माइकिङ्गसुचना प्रवाहहरु भईरहेको छ जसमा मानिसहरु एकै ठाउँमा भेला तथा जम्मा नहुने, एक व्यक्तिबाट अर्को व्यक्ति ३ फिट टाडा रहने, अनिबार्य मास्क प्रयोग गर्ने, घण्टा–घण्टामा साबुनपानीले मिचीमिची हात धुने, लकडाउन अबधिभर आफ्नै घर तथा स्थानमा सुरक्षित रहने जस्ता सन्देशहरु गाउँ–टोलमा प्रवाह गरिएको छ भने कोरोना भाइरसबाट बच्नका लागि प्रचार सामग्री समेत बाँडिएको छ । कोही कसैलाई उच्च ज्वरो आएमा, थकाई तथा सुख्खा खोकी लागेमा तत्काल स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउनु होला माईकिङ्ग सन्देशमा भन्ने गरिएको छ गाँउपालिका अध्यक्ष हरिष चन्द बस्नेतले भने–“बिदेश तथा भारतबाट आएका दाजुभाई दिदीबहिनीहरुले २ हप्तासम्म कोही कसैको सम्पर्क नरही होम क्वारेन्टाइनमा बसिदिन आग्रह समेत गरेका छन् । कुशे गाँउपालिकाले स्वास्थ्य सहायता कक्षा संचालन गरेका गाँउहरु मध्ये बाटुले,पाँचकटिया, थपुभार्म स्थान तोकिएको छ । पहाडी क्षेत्र विकास अभियान जाजकोट र सेभ द चिल्ड्रेनले हेल्थ डेस्कको लागी सामग्री खरिदमा र जनचेतनामूलक कार्यक्रम संचालन गरेकोमा अध्यक्ष बस्नेतले विपत्को यो समयमा गरिएको अमूल्य सहयोगका लागि परियोजनालाई विशेष धन्यवाद दिएका छन् ।

  • १६ चैत्र २०७६, आईतवार २२:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित