मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नआतिनुहोस हामी तपाईको साथमा छौँ : वडा अध्यक्ष बस्नेत
  • मार्गरेखा संवाददाता

  • राप्तीसोनारी २०७६ चैत्र १७ / राप्तीसोनारी गाँउपालिका वडा नंं. ८ का अध्यक्ष खुम बहादुर बस्नेतले लकडाउनको समयमा वडाबासी लाई परेको समस्यालाई समाधान गर्ने बताएका छन । मार्गरेखा अनलानइन संगको कुराकानीमा अध्यक्ष बस्नेतले ९८५८०२५१२८ मा फोन गर्न अनुरोध गरे । उनले भने हामी सधै वडाबासीको समस्या समाधानमा निरन्तर लागि परेका छौँ । विपतको घडीमा वडाबासीलाई कहिकतै समस्या परेमा तत्काल आफु उपस्थित हुने बताए । कसैलाई अप्ठ्यारो पर्याे भन्ने सुन्नमा आएको छैन गाँउ,टोलबस्तीहरुमै समय दिइरहेका छौँ । वडाबासीलाई पर्न सक्ने समस्यालाई मध्यनजर गरि बिहान बेलका मजदुर गरी गुजारा चलाइरहेका वडाका नागरिकहरुको लगत संकलन गरि खाद्यान्न लगाएतका खाद्य बस्तुहरु तयारी गर्ने वडा अध्यक्ष बस्नेतले बताए । उनले कुनैपनि वडाबासी भोकै मर्न नपर्ने भन्दै दुख सुखमा आफु २४ सैं घण्टा साथ साथमा रहेको बताए । उनले भने अहिले हामी राप्तीसोनारी ८ मा रहेको शिवशक्ती माध्यामिक विद्यालय पेरानीमा क्वारेन्टाइन बनाउने कार्यमा लागी रहेका छौँ । वडाबासीलाई कुनै लक्षण देखिएमा वडाकै क्वारेन्टाइनमा राखिने उनको भनाई छ । वडामा कोरोनाबाट बचाउन भारत लगाएत अन्य मुलुकवाट आएकाको लिष्ट बनाइरहेको र लकडाउनको यो समयमा कसैलाई पनी घरबाहिर जान प्रतिवन्ध लगाइएको अध्यक्ष बस्नेतले बताए ।
    वडामा मास्क बितरण,साबुन ,सेनिटाइजर,लगायतका सामग्रीहरु बितरण गरिनुका साथै कोरोनाबाट बच्ने उपाएहरुका बारेमा माइकिङ्ग गरीरहेको उनले बताए । कतिपय भ्रमका कारण पनी आफ्नो वडाका बासिन्दाहरु त्रसित भएकाले सबै वडाबासीहरुलाई घरभित्रै सुरक्षित बस्न अध्यक्षले आग्रह गरेका छन् ।

  • १७ चैत्र २०७६, सोमबार ११:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित