मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोरोना कहर : प्रदेश सरकारले पठाएका गाडी सिडियोले जिल्ला प्रवेश गर्न दिएनन्
  • मार्गरेखा संवाददाता

  • २०७६ चैत्र १७ सुर्खेत कर्णाली प्रदेश सरकारको पहलमा गाडी रिजर्ब गरेर हुम्ला, जुम्ला, कालिकोट र मुगु पठाइएका ३ वटा बसहरू दैलेख जिल्ला प्रशासन कार्यालयले रानीमत्तामा रोकेर फिर्ता पठाइदिएको छ । भारत तथा नेपालकै अन्य जिल्लाबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्नुको सट्टा दैनिकजसो कर्णालीका विकट जिल्लामा पठाउने गरेको समाचार मिडियामा आएपश्चात दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले राति नै ती गाडीलाई जिल्लाको सीमाभित्र नआउन निर्देशन दिएका हुन् ।
    प्रहरी कार्यालय रानिमत्ताका असई चन्द्रलाल गिरीले १८२ जनाभन्दा बढीलाई जहाँबाट आएका हुन, त्यहीँ फर्काएको बताए । ‘राति ३ बजे पनि केही गाडीहरू आएका थिए । अहिले बिहान ८ बजे पनि ३ वटा बस आएका छन् । बिहान ८ बजे प्रदेश सरकारको आदेशमा आएको भनेर उनीहरूले जवाफ दिएका थिए,’ उनले भने, ‘मैले दैलेख सीडीओ वा डीएसपीको मौखिक आदेश अथवा प्रदेश सरकारको लिखित आदेश ल्याउन भनेको थिएँ । लक–डाउनको अवस्थामा गाडी चलाउन पाइँदैन भनेर मैले रोकेको हुँ ।’ उनले ४ वटा बस, एउटा मोटरसाइकल, १ हाइस सुर्खेततर्फ नै फर्काइदिएको बताए ।
    जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले कोरोनाका संक्रमण फैलने खतरा भएका कारण गाडीहरू रोकिएको बताए । स्थानीय सरकारले क्वारेन्टाइनमा राख्ने भनेर लिखित कागज ल्याएको खण्डमा बाहेक अन्य अवस्थामा माथिका जिल्लामा नागरिकलाई पठाउन सकिँदैन,’ उनले भने, ‘त्यसैले मैले जति गाडी आउँछन् ती गाडीलाई उतै फर्काइदिनू भनेर निर्देशन दिएको छु । क्वारेन्टाइनमा बसालेर सरकारले पठाएको खण्डमा मात्रै अब गाडी माथि जान दिइन्छ उनले भने । ’प्रदेश सरकारले पठाएको गाडीलाई रोकेको र कोरोना त्रासबाट बचाएकाले सीडीओको कार्य प्रशंसनीय रहेको राकम कर्णालीका वीरबहादुर माझीले बताए । ‘जाँच नगरिएका नागरिकलाई जथाभावी पठाउँदा कोरोना कर्णालीभर फैलिन सक्ने खतरा देखिन थालेको छ । कम्तिमा क्वारेन्टाइनमा राखेर नागरिक पठाउनुपर्ने अवस्था थियो तर सरकारले गाडीमा भरेर मान्छे पठाउन थाल्यो । म त उनीहरूको नजिक जान पनि डराएँ, प्रदेश सरकारले कम्तिमा कोरोनाबारे सचेततापूर्वक ध्यान दिई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखेर मात्रै जिल्ला पठाउनुपर्नेमा लापरवाही गरेको मैले दैलेखको गुरासँ गाँउपालिकाका अध्यक्ष खेमराज वलीले बताए ।

  • १७ चैत्र २०७६, सोमबार १४:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित