मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

घरघरमा पुगेर मास्क वितरण गरिदै
  • मार्गरेखा संवाददाता

  • २०७६ चैत १७ बाँकेको राप्तीसोनारी गाउँपालिका वडा ८ मा सोमबार मास्क वितरण गरिएको छ । कार्यपालिका सदस्य,वडा सदस्य र वडा कार्यालयका कर्मचारीहरुको टिमले कोरोना भाइरस कोभिड १९ बाट हुन सक्ने सक्रमण बाट रोकथाम गर्न राप्तीसोनारी गाउँपालिकाको सहयोगमा घरघरमै पुगेर मास्क वितरण गरिएको छ ।
    राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनी कुमारी खत्री, वडा न ८ का वडाध्यक्ष खुम बहादुर बस्नेत सहितको टोलीले वडा नं ८ मा रहेका सम्र्पुण घरधुरीमा पुगेर मास्क वितरण गरिरहेको राप्तीसोनारी ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेतले बताए । राप्तीसोनारी गाँउपालिका वडा नं. १ देखी ९ वटै वडाहरुमा स्वास्थ्य साम्रगी सहित आवश्यक सामग्री वितरणका लागि आफु निरन्तर लागि रहेको गाँउपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले बताइन् । बाहिर बाट आएका व्यक्तिहरु होम क्वारेन्टाइनमा बसिरहेको र उनीहरू बाट हुन सक्ने सक्रमण बाट जोगाउन वडा नं ९ मा करिब २ हजार मास्क वितरण गरिने वडा नं. ९ का वडा अध्यक्ष महावीर वलीले बताए । कोरोना रोगबाट बच्नका लागि राप्तीसोनारी गाँउपालिका स्वास्थ्य शाखा, जनप्रतिनिधीहरु आवश्यक सामग्री व्यवस्थापनमा निकै लागि परेका छन् । राप्तीसोनारी गाँउपालिका अन्र्तगत रहेको उद्योग वाणिज्य संंघ,रेडक्रस ,सुरक्षाकर्मीहरुले महत्वपूर्ण भुमिका खेलिरहेका छन् ।

  • १७ चैत्र २०७६, सोमबार १८:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित