मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्जमा कोरोना परीक्षण प्रयोगशाला तत्काल स्थापना गर्न मेयर राणाले भिडियोकन्फ्रेन्सबाट
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, चैत १७ गते । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नेपालगञ्जमा कोरोना परीक्षण प्रयोगशाला तत्काल स्थापना गर्न प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलसमक्ष माग गर्नुभएको छ ।

    सोमबार मुख्यमन्त्री पोखरेलसँगको भिडियो कन्फ्रेन्समा नगरप्रमुख राणाले नेपालगञ्जमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको हो । सोक्रममा मुख्यमन्त्री पोखरेलले नेपालगञ्जमा छिट्टै आवश्यक जनशक्ति र पूर्वाधार तयार गरि प्रयोगशाला सञ्चालनमा आउने जानकारी दिनुभयो । मुख्यमन्त्रीले पिपिई, लगायतका अन्य मेडिकल सामाग्री पनि छिट्टै पठाइने बताउनुभयो । कोरोना संक्रमण भित्रिन नदिनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले गरेका कामको बारेमा जानकारी लिदै मुख्यमन्त्री पोखरेलले कोरोनाको संक्रमण भित्रिन नदिन सबैपक्ष मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो । सोक्रममा नगरप्रमुख राणाले नेपालगञ्जले कोरोना विरुद्ध गरिरहेको प्रयास र पहलकदमी बारे जानकारी दिदै आवश्यक मेडिकल सामाग्रीको अभाव भएको बारे मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएको बताउनुभयो ।

  • १७ चैत्र २०७६, सोमबार १९:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित