मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राप्तीसोनारीमा अवैध घरेलु मदिरा नष्ट
  • मार्गरेखा संवाददाता

  • तारा वली बाँके/ राप्तीसोनारी गाँउपालिका वडा नंं. ८ मा रहेको अस्थायी प्रहरी चौकीले बुधबार अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा आज प्रहरीले बरामद गरिएको १ सय ५० लिटर मदिरा नष्ट गरेको हो । अस्थायी प्रहरी चौकी सुरक्षाकमी,राप्तीसोनारी गाँउपालिका जनप्रतिनिधी,पत्रकारहरुको रोवहरमा खाडल खनेर अवैध घरेलु मदिरा नष्ट गरेको अस्थायी प्रहरी पोष्ट शम्शेरगजका इन्चाज कुमार केसीले बताए । उनका अनुसार राप्तीसोनारी गाँउपालिका वडा नं. २ टिकुलीपुरमा तयारी अवस्थामा रहेको अवैध घरेलु मदिरा नष्ट गरिएको हो । लकडाउनको उल्लघन गरि मदिरा उत्पादन तथा बिक्रि वितरण गरेको सुचनाका आधारमा सुरक्षाकर्मीको विशेष टोलीले अवैद्य मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो । दोस्रोपटक अवैध मदिरा उत्पादन गरेको पाइएमा सङ्कलित प्रमाणसहित आन्तरिक राजश्व कार्यालयमा पठाइने बताए । गाउँघरमा छ्याप्छ्याप्ती पाइने घरेलु मदिराका कारण लकडाउनका उल्लघन हुनका साथै अप्रिय घटनाहरु समेत बढदै गइरहेका छन् ।

  • १९ चैत्र २०७६, बुधबार २०:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित