मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जनतालाई घरमै बसिदिन नगर प्रमूख रावतको आग्रह
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले घरभित्रै बस्न जनतालाई आग्रह गरेका छन् । नेपाल सरकारले कोरोना भाईरसको संक्रमण हुन नदिनका लागि लकडाउनको घोषण गरेको अवस्थामा कोहलपुरका जनताहरु घरमै बसिदिन आग्रह गरेका छन् । कोहलपुर नगरपालिकाले कोरोना भारईस सम्बन्धी हालसम्म गरेका कार्यहरुको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख रावतले कोहलपुरका जनताले घरमै बसेर सरकारलाई सहयोग गरिदिन अनुरोध गरेका छन् । साथै कोहलपुर नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम र जनस्वास्थ्य सम्बन्धी कार्यहहरु सम्बन्धी कोरोना भाइरस संक्रमण नियन्त्रणमा कोहलपुर नगरपालिकबाट फागुन ४ गतेदेखि विभिन्न कार्यहरु गरिरहेको जानकारी दिएका छन् । नगरपालिकाबाट छ हजार मास्क, एक सय स्थानीय रुपमा उत्पादित पीपीई, सर्जिकल ग्लोभ्स दुई सय, इजामिलेशन ग्लोभ्स दुई हजार, हेन्ड सनिटाईजर ५० वटा, ईटु पीपिई ५ वटा, स्पराईट ५ वटा बोतल, साबुन र बाल्टी खरिद गरि सबै स्वास्थ्य संस्थामा वितरण गरिएको, नेपालगन्ज मेडिकल कलेज कोहलपुरलाई उपचार कार्यमा सहयोग पु¥याउने हेतुले रियूज्याबल पीपिई ५ सेट, स्थानीय रुपमा उत्पादित पीपिइ २० थान र सर्जिकल ग्लोभ्स ५० जोडा हस्तान्तरण गरिएको जनाईएको छ । यसका साथै कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नका लागि कोहलपुरका सबै वडामा विदेशबाट आएका व्यक्तिहरुको विवरण संकलन गर्ने कार्य भइरहेको र विदेशबाट नेपाल आएका र घरपरिवारमा घुलमिल भै नसकेका व्यक्तिहरुको निगरानीका लागि कोहलपुर नगरपालिका ९मा रहेका कृषि विकास बैंकको क्षेत्रीय तालिम केन्द्रमा संचालनमा ल्याइएको क्वारेन्टाइममा राख्ने व्यवस्था गरिएको जनाईएको छ । नगरपालिकाका सबै स्वास्थ्य चौकीहरु कोहलपुर, रझेना र शम्शेरगञ्जमा फिभर क्लिनिक सञ्चालन गरिएको र कोरोना भाइरस संक्रमणको संभावित जोखिम रोकथाम तथा नियन्त्रण गर्न सरकारद्धारा घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी र मजदुरी गरी जीविकोपार्जन गर्ने विपन्न नागरिकहरुलाई सहयोग गर्न विवरण सवै वडा कार्यालयहरुबाट वडागत रुपमा प्राप्त भएको विवरणका आधारमा प्रति परिवार १५ के.जी.चामल, ३ के.जी.दाल, १ लिटर खाने तेल र १ पोका नून वितरण गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलन मार्फत नगरप्रमुख रावतले जानकारी दिएका छन् ।

  • २० चैत्र २०७६, बिहीबार १६:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित