मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

युवा नेता सन्तोष चौधरीद्वारा जन्मदिनमा खाद्यान्न वितरण
  • मार्गरेखा संवाददाता

  • निलम विष्ट बाँके चैत्र २0  नेपाली काङ्ग्रेस आदिबासी जनजाति संघ क्षेत्र नम्बर १ बाकेका सभापित तथा युवा नेता सन्तोष चौधरीले जन्म दिनको अवसरमा खाद्यान्न सहयोग गरेका छन्। बिहिवार परेको अाफ्नो जन्मदिनमा उनले राप्तीसोनारी ३ वडामा रहेका विपन्न र गरिव परिवारका लागि खाद्यान्न सहयोग गरेका हुन्। बिहिवार राप्तीसोनारी वडा नम्बर ३ अध्यक्ष गंगाराम थारुलाई खाद्यान्न हस्तान्तरण गर्दै उनले वडामा पुग्ने गरि खाद्यान्न उपलब्ध गराएको बताए । कोरोना भाईरस कोभिड १९ को महामारीमा गरिव र विपन्न परिवारमा खाद्यान्न अभाव हुने समस्यालाई मध्यनजर गर्दै खाद्यान्न सहयोग गरिएको उनले भने। वडाअध्यक्षलाई वडा कायार्लयमा पुगेर युवा नेता चौधरीले ७ बोरा चामल लगायतका अावश्यक खाद्यान्न हस्तान्तरण गरेका हुन्। वितरण भएको खाद्यान्न वडाका विपन्न र गरिव परिवारमा पुग्ने अाशा गरिएको छ।युवा नेता चौधरीले हरेक बर्ष जन्म दिनमा सामाजिक सेवाका कार्य गर्दै अाएका छन्।

    यसैबिच अाज नै सन्तोष चौधरीको नेतृत्वमा गाउपालिकामा ६७ क्वीन्टल खाद्यान्न सकलन भएको छ। कोरोनाको महामारीमा गाउपालिकाको ३ वडामा राहात सहयोग पुग्ने गरि खाद्यान्न सहयोग सकलन गरिएको हो ।

  • २० चैत्र २०७६, बिहीबार १९:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित