मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राप्तीसोनारी ८ मा सुविद्या सम्पन्न क्वारेन्टाईन निर्माण
  • मार्गरेखा संवाददाता

  • तारा वली / राप्तीसोनारी चैत्र २२   राप्तीसोनारी गाँउपालिकामा सुविधा सम्पन्न क्वारेन्टाईन निर्माण गरीएको छ । गाँउपालिकाले कोरोना भाईरसबाट प्रभावितहरुलाई राख्नका लागि वडा नं. ८ मा सुविधा सम्पन्न क्वारेन्टाईन बनाएको राप्तीसोनारी गाँउपालिका वडा अध्यक्ष खुम बहादुर बस्नेतले बताए । राप्तीसोनारी गाँउपालिका वडा नं. ८ स्थित शिब शक्ति माध्यमिक विद्यलयमा १५ वेडको क्वारेन्टाइन निर्माण गरीएको छ । क्वारेन्टाइनमा तीनजना स्वास्थ्यकर्मी, एक जना कार्यालय सहयोगी र खाना बनाउने जनशक्तिका अलावा मनोरञ्जनका लागि वाईफाईको समेत ब्यवस्थापन गरीएको बस्नेतले जानकारी दिए ।
    तत्काल १५ शैयाको क्वारेन्टाईन निर्माण गरीएपनि आवश्यकता अनुसार थप पूर्वाधार तयार गर्ने वडा कार्यालयले जानकारी दिएको छ ।
    क्वारेन्टाईनमा बस्ने ब्यक्तिका लागि आधारभुत आवश्यकता खाना, पानी, झुल, कम्बल, टाबेल र मन्जन ब्रसको ब्यवस्थापन गरीएको छ । रेडक्रस सोसाईटी र गाँउपालिकाको सहयोगमा निर्माण गरीएको क्वारेन्टाईनको शनिबार गाँउपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनिकुमारी खत्री, नेपाल रेडक्रस सोसाईटीका बरिष्ठ जिल्ला शाखा अधिकृत दोलख डाँगीले क्वारेन्टाईनको अबलोकन गरेका थिए । अनुगमनका लागी पुगेका राप्तीसोनारी गाँउपालिका अध्यक्ष लाहुराम थारु ,उपाध्यक्ष धनी कुमारी खत्रीले नोवेल कोरोना रोगबाट बच्नका लागि गाँउपालिकाले पूर्वतयारीमा जुटिरहेको बताए ।

     

  • २२ चैत्र २०७६, शनिबार १८:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित