मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सहयोगी मनहरुद्धारा खाद्यान्न वितरण
  • मार्गरेखा संवाददाता

  • निलम विष्ट/ कोहलपुर चैत्र २२  कोहलपुरमा दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका विपन्न सुमदायका ब्यक्तिहरुलाई दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ । जुट्न लकडाउनका कारण समस्यामा परेका कोहलपुर नगरपालिका वडा नं.११ का ४ गन्दर्भ, ४ मजदुर र १ सहिद परिवारलाई शुक्रबार राहत उपलब्ध गराईएको छ । कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ, कोहलपुर उद्योग वाणिज्य संघका बर्तमान उपमहासचिव मात्रिका सापकोटा तथा डेरी एशोसियसन कोहलपुरका महासचिव सन्तोषराज पौडेलले ब्यक्तिगत रुपमा ९ परिवारका लागि आवश्यक दाल, चामल, नुन र साबुन लगायतका सामग्रीहरु विपन्न परिवारका घरमै पुगेर वितरण गरिएको उपमहासचिव प्रजातान्त्रिक उद्योग संयोजक एवं मात्रिका सापकोटाले बताए । उनले भने लकडाउनको समयमा ज्यालादारी गरेर दैनिकी चलाएका हरु यतिबेला समस्यामा छन् , सानो सहयोग भएतापनी ग¥यौ , सबैले आफ्नो आफ्नो ठाँउबाट सहयोग गर्न जुरुरी रहेको उनी बताउछन् । कोहलपुरका विपन्न परिवारहरुलाई ब्यक्तिगत रुपमा सहयोग गर्ने क्रम पछिल्लो समयमा बढीरहेको छ । अझैपनी लकडाउनको बढेको खण्डमा ज्यालादारी गरी दैनिकी गुजारिरहेका हरु थप समस्यामा पर्ने देखिन्छ । यस विषयमा सम्वन्धीत निकायको ध्यान जान जरुरी रहेको पूर्व अध्यक्ष श्रेष्ठ बताउछन् ।

  • २२ चैत्र २०७६, शनिबार १८:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित