मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

क्वारेन्टाइनमा पूर्ण रुपमा सुविद्या दिने योजना बनाएका छौँ : अध्यक्ष थारु
  • मार्गरेखा संवाददाता

  • कोरोना भाइरस विरुद्धको अभियानलाई प्रभावकारी बनाउन बाँकेको राप्तीसोनारी गाँउपालिका क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुलाई कुनै पनि असुबिधा हुन नदिनका लागि वडाहरुलाई निर्देशन गरिएको छ । शनिवार राप्तीसोनारी गाँउपालिका वडा नं. २,८,९ लाई पाइक पर्ने शिवशक्ती माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइन अनुुगमनमा पुुगेर गाँउपालिका अध्यक्ष लाहुराम थारुले उक्त कुरा बताएका हुन ।
    राप्तीसोनारी गाँउपालिका वडा नं. ७ र ८ मा निर्माण भएको र क्वारेन्टाइनमा भारतबाट मजदुरी गरेर फर्केका ब्यक्तिहरुको झुल, खानेपानी, साबुन, निर्धा्रित मापदण्ड अनुसार खाजा नास्ता, शौचालय र स्वास्थ्य परीक्षण लगायतको ब्यवस्थापन गर्नको लागि वडा कार्यालयलाई जिम्मेवारी दिईएको छ । यसैगरी भारतीय सीमाबाट अझैं पनि लुकीछुपी नेपालीहरु घर फर्किरहेको पाइएकाले सीमा क्षेत्रमा कडा सुरक्षा ब्यवस्था गरी सीमा नाकाबाट आवतजावतमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय समेत गरिएको अध्यक्ष थारुले बताए । कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न सरकारले लागू गरेको ‘लकडाउन’का कारण गैरश्रमिक, बिपन्न परिवार तथा असहाय परिवारहरुमा खाद्यान्न तथा अन्य आवश्यक सामग्रीको अभाव हुन नदिन त्यस्ता परिवारहरुको तथ्यांक संकलन गरी उनीहरुलाई गाउँपालिका मार्फत् एकद्वार प्रणाली अन्र्तगत् यथाशिघ्र राहत सामग्री उपलब्ध गराउन सम्पूर्ण वडालाई जिम्मा दिने गरिएको गाउँपालिका अध्यक्ष थारुले बताए ।
    ‘लकडाउन’ का कारण बढी मारमा परेको गैर श्रमिक, बिपन्न परिवार तथा असहाय परिवारहरुलाई तत्काल राहत वितरण गरिने भएको छ भने कतिपय वडाकार्यालय मार्फत व्यवस्थापन भइसकेको छ । कोरोना विरुद्ध गाउँपालिकाले थालेको अभियानमा सहयोग गर्न सबैमा अपिल समेत गर्नुभएको छ । क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुका लागी आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु व्यवस्थापन गरिसकिएको र कुनै सामग्रीहरु अभाव हुन नदिने गाँउपालिकाले योजना बनाएको छ ।

  • २३ चैत्र २०७६, आईतवार ११:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित