मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तक्षशिला एकेमेडिद्धारा खाद्यान्न सहयोग
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको तक्षशिला एकेडेमीले खाद्यान्न सहयोग गरेको छ । विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. १० नं.लाई ३० हजार मुल्य बराबरको खाद्यान्न  सहयोग गरेको छ । सरकारले लिएको एकद्धार नीति अनुसार वडामा रहेका विपन्न समुदायका व्यक्तिहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयलाई ३० हजार मुल्य बराबरको खाद्यान्न सहयोग गरीएको विद्यालयका प्रिन्सीपल चिरायुमान विश्वकर्माले जानकारी दिए । त्यस्तै विद्यालयका संस्थापक कमल पछाईले कोहलपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष निम बहादुर चलाउनेलाई ३ कुन्टल चामल, ५० केजी दाल, १ कुन्टल नुन, ५० लिटर तेल र २० केजी सोयाबिन गरी ३० हजार बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए । विद्यालय प्राङ्गणमै भएको खाद्यान्न हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक पछाईले विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाईरसका कारण गरिब तथा विपन्न वर्गका घरपरिवारहरुलाई साँझ विहान जोहो गर्न निकै अप्ठ्यारो पर्न सक्ने भन्दै खाद्य सामाग्री हस्तान्तरण गरिएको बताए । उनले भने, ‘बाँके लगायतका तराईका जिल्लाहरु छिमेकी देश भारतसँग खुल्ला नाका भएकाले त्यहाँबाट आउने जो कोहिबाट पनि कोरोना संक्रमण हुन सक्ने सम्भावना देखिएको छ । संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण गरिब तथा मजदुरी खाने घरपरिवारहरु प्रत्यक्ष मारमा पर्ने भएकाले खाद्यान्न सामाग्री हस्तारण गर्ने सोच बनाएका हौं ।’ वडाध्यक्ष चलाउने राहत उपलब्ध गराएकोप्रति विद्यालय परीवारलाई धन्यवाद दिँदै लक्षित वर्गसम्म राहत पु¥याउने बताए । उनले राहत वितरणलाई एकद्वार प्रणालीमा लैजान विद्यालयले देखाएको सकारात्मक भुमिको प्रशंसा समेत गरेका थिए । यसैबिच विद्यालयले कोहलपुर १० हाईस्कुल नजिकै रहेको प्रहरी बिटलाई समेत पानी तथा खाद्यान्न उपलब्ध गराएको छ । विद्यालयका प्रिन्सिपल विश्वकर्माले प्रहरी विटमै पुगेर पानी तथा चाउचाउ उपलब्ध गराएका हुन । कोरोनाको प्रकाप नियन्त्रणकालागि दिनरात सेवामा खटिएका सुरक्षाकर्मीहरुको कामको उच्च मुल्याङ्कन गर्दै पानी तथा खाद्यान्न उपलब्ध गराएको विश्वकर्माले जानकारी दिए ।

  • २३ चैत्र २०७६, आईतवार १२:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित