मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गोरखा स्कुलद्रारा विपद कोषमा १ लाख
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईडेट पब्लिक स्कूलले आर्थिक सहयोग स्वरुप १ लाख राहत उपलब्ध गराएको छ । विद्यालयले कोहलपुर नगरपालिकाको विपद् कोषमा एक लाख रकम उपलब्ध गराएको छ । विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक तथा कर्मचारीहरुले एक दिनको तलब र विद्यालयका तर्फबाट उपलब्ध रकम थपेर एक लाख रुपैया विपद कोषमा जम्मा गरीएको हो । बुधबार विद्यालयका प्रबन्ध निर्देशक राजेन्द्र बहादुर गुरुङ्गले कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतलाई १ लाख रकम बराबरको चेक हस्तान्तरण गरेका छन ।विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा पुर्व तयारीकालागि कोहलपुर नगरपालिकाको विपद् तथा राहत कोषमा विद्यालयले आर्थिक सहयोग उपलब्ध गराएको गोरखा युनाईटेड पब्लिक स्कूलका प्रशासन प्रमुख कर्ण बस्नेतले जानकारी दिए । कोरोना भाईरस संक्रमण हुन नदिन लागु गरीएको लकडाउनका कारण समस्यामा परेका निम्न वर्गिय ब्यक्तिहरुको सहयोगार्थ विद्यालयले आर्थिक सहयोग उपलब्ध गराएको बस्नेतले बताए । विपदको समयमा आ-आफ्नो ठाँउबाट सहयोग गर्न उनले सबैलाई आग्रह समेत गरेका छन ।

  • २६ चैत्र २०७६, बुधबार १७:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित