मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्वास्थ्य सामग्री र राहत सामग्री व्यवस्थापनमा व्यस्त छौँ : उपाध्यक्ष खत्री
  • मार्गरेखा संवाददाता

  • सम्झना शाही बाँके / बाँकेको राप्तीसोनारी गाँउपालिका यतीखेर स्वास्थ्य सामग्री व्यवस्थापनमा निकै बेस्त देखिएको छ । राप्तीसोनारी गाँउपालिकाका वडाहरुमा आवश्यक स्वास्थ्य सामग्रीहरु गाँउपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको टोली हरेक दिन वडा भित्र रहेका स्वास्थ्य कार्यालयमा आवश्यक सामग्रीहरुको अभाव हुन नदिन र आवश्यक सामग्री व्यवस्थापनमा व्यस्त रहेको उपाध्यक्ष खत्री बताउछिन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनको ३ साता पुग्दैछ ।
    यो समयमा स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामग्रीहरु अभाव हुन नदिन राप्तीसोनारी गाँउपालिका दिन रात खटिरहेको छ । राप्तीसोनारी गाँउपालिका का विभिन्न वडाहरुमा निर्माण भएका क्यारेन्टाइनमा आवश्यक सामग्री व्यवस्थापन अभाव हुन नदिन पनी गाँउपालिकाले आफ्नो क्रियाकलापलाई तिव्र रुपमा अगाडी बढाएको छ । उपाध्यक्ष खत्रीका अनुसार यतिखेर विश्व जगत नै संकटमा परेको छ , कोरोना भाइरसबाट बच्नका लागि विभिन्न वडाहरुमा पुगेर हामी सुचना प्रवाह गरिरहेका छौँ , गाँउपालिका भित्र जनताका समस्याहरु तत्काल समाधान गर्नु र जोखिम मोलेरै पनी आफ्नो कर्तव्य पूरा गर्नु पर्ने अवस्था आएको उपाध्यक्ष खत्री बताउछिन् । गाँउपालिकाले स्वास्थ्य सामग्री व्यवस्थापन राहत सामग्री व्यवस्थापनका लागि पनी गाँउपालिका लागि परेको छ । राप्तीसोनारी गाँउपालिकामा राहत सामग्री आइसकेको र केही दिनमा राहत सामग्री वडा कार्यालयबाट वितरण गरिने गाँउपालिका अध्यक्ष लाहुराम थारुले बताए । देशभरको जनसंख्याका हिसाबले सबैभन्दा ठूलो गाँउपालिका रहेकोले राहत सामग्री जुटाउनमा व्यस्त रहेको अधयक्ष थारुले बताए । राप्तीसोनारी गाँउपालिकाले कारोना भाइरस विरुद्ध लक्षित गर्दै आवश्यक सामग्री तयारी व्यापाक बनाएको छ ।

  • २९ चैत्र २०७६, शनिबार १०:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित