मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लायन्स क्लब डिष्ट्रिक बी २ एरिया ६ द्रारा खाद्यान्न सहयाेग
  • मार्गरेखा संवाददाता

  • काेहलपुर हवल्दारपुरकाे क्वारेनटनईनमा रहेका ६७ भारतिय नागरिकलाई लायन्स क्लब डिष्ट्रिक बी २ एरिया ६ ले खाद्यान्न सहयाेग गरेकाे छ । ३ दिन अघि चितवनबाट हिडेर काेहलपुर अापुगेका फिरन्ते मजदुर लगायतका उनीहरूलाई ५ दिन पुग्ने खाद्यान्न सहयाेग गरियकाे लायन्स क्लब डिष्ट्रिक बी २ एरिया ६ काेचिभ एड्भाईजर चिन्तामणी धितालले बताए । क्वारेन्टाईनमै रहेकी एक सुत्केरी महिलालाई विशेष रूपमा निगरानी सहित स्वास्थ्य अवस्था सँवेदनशील बन्न क्वारेन्टाईकाे सुरक्षार्थ खटिएका सुरक्षाकर्मी एवम् स्वास्थ्यकर्मीलाई अाग्रह गरिएकाे लायन्स क्लब अफ काेहलपुरका निवर्तमान अध्यक्ष लक्ष्मणराज पाैडेलले बताए । यस अघि एरिया ६ ले बाँकेमा रहेका सरकारी एवम् निजी स्वास्थ्य सँस्थाहरूका लागि ६७ सेट पिपिईउपलब्ध गराईसकेकाे छ । नेपालगञ्जमा रहेकाे लायन्स अस्पताललाई काेराेना सन्त्रास पछि हाल ४० शैयाकाे काेराेना विशेष अस्पताल बनाईएकाे छ । यस्तै एरिया ६ अन्तर्गतका सबै जिल्ला एवम् क्षेत्रहरूमा राहत सहयाेगका कार्यक्रमहरू सञ्चालन भईरहेकाे काेचिभ एड्भाईजर धितालले बताए ।

  • २९ चैत्र २०७६, शनिबार १२:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित