मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संकटको घडिमा पक्ष विपक्ष हुँदैन : अध्यक्ष थारु
  • मार्गरेखा संवाददाता

  • बाँकेका अधिकाश स्थानिय तहमा राहत वितरण कार्यक्रम भइरहेका बेला राप्तीसोनारी गाँउपालिकाले भने केही दिन ढिलो राहत वितरण गर्ने भएको छ । स्थानिय तहकै जनसंख्याका हिसाबले सबैभन्दा ठूलो गाँउपालिका भएकाले राहत व्यवस्थापनमा समय लागेको राप्तीसोनारी गाँउपालिका अध्यक्ष लाहुराम थारु बताउछन् । वडा कार्यालयलाई अति विपन्न ,असाय, ज्यालादारीमा काम गर्ने श्रमिकहरुको तथ्याङ्ग संकलनको जिम्मेवारी वडा कार्यालयलाई दिइएको थियो । दुई साता भन्दा बढिको लकडाउनका कारण ज्यालादारी र दैनिक रुपमा मजदुर गर्नेहरुका लागि १५ हजार प्याकेज राहत सामग्री गाँउपालिकामा आइपुगीसकेको राप्तीसोनारी गाँउपालिका अध्यक्ष थारुले बताए । अति विपन्न परिवारका लागि खाद्य सामग्री र सबै घरधुरीमा पुग्ने गरी साबुन,नुन तेल वितरण गर्ने योजना समेत बनाएको छ । राहत वितरण कोही कसैलाई पक्ष विपक्ष नभनी व्यवस्थित र निष्पक्ष रुपमा राहत वितरण गर्ने गाँउपालिकाले योजना बनाएको छ । उता बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. ८ ले शनिवार विपत् व्यवस्थापनको समितिको आपतकालिन बैठक बसेको छ । आपतकालिन बैठकले वडा कार्यालयबाट वितरण गरिने राहतलाई कसरी व्यवस्थित गर्ने विषयमा राजनैतिक दल, सुरक्षाकर्मी, रेडक्रस,जनप्रतिनधी, विपत् व्यवस्थापन समिती बीच छलफल गरिएको राप्तीसोनारी गाँउपालिका वडा नं.८ का अध्यक्ष खुम बहादुर बस्नेतले बताए ।

  • २९ चैत्र २०७६, शनिबार १३:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित