मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राप्तीसोनारीमा क्विक रेस्पोन्स टिम ले राहत घरघरमा पुयाउदै
  • मार्गरेखा संवाददाता

  • आइतबार राप्ती सोनारी गाउपालिका ८ नं वडा कार्यालयले अति बिपन्न तथा असाहाय घर परिवारलाई जनताको घरदैलोमा गई परिवार संख्याको आधारमा राहात वितरण गरेको छ । राहात वितरण टोलीमा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री , ८ नं. वडा अध्यक्ष खुम बहादुर बस्नेत, शम्शेरगंज प्रहरी चौकी इन्चार्ज कुमार के.सी, नेपाल रेडक्रस सोसाइटी कचनापुर उप शाखाका सचिव अमर खडका , राप्ती सोनारी उधोग वाणिज्य संद्यका अध्यक्ष टिकाराम ढुङ्गना, र राजनैनिक दलका प्रतिनिधी हरुको संयूक्त टोलीले राहातका लागि सकलन गरिएको प्रारम्भीक नामावली तथा वडा कार्यालयले जारी गरेको सुचनाको आधारमा बाँच्नका लागि समेत खाना नभएको भनि जानकारीमा आएका व्यक्तिहरुको घरदैलोमा पुगी बास्तबिक्क्ता बुझि अति आवश्यक परेका घर परिवारलाई मात्र उनकै घर दैलोमा प्रथम चरणको राहात बितरण गरेको छ । राप्ती सोनारी गाउपालिका अन्र्तगत पर्ने नयांगाउ, बालापुर र ओवरीको केही ठाउमा गरी जम्मा ११ अति विपन्न घर परिवारलाई  राहात बितरण गरेको  वडा अध्यक्ष बस्नेतले जानकारी गराएका छन ।
    हाल बिश्व भरिनै फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमण बाट बच्नका लागि नेपाल सरकारले लागु गरेको लकडाउन (बन्दा बन्दी ) का कारणले असाहाय , अति बिपन्न तथा दैनिक ज्याला मज्दुरी गरि दैनिक आपनो साझ बिहानाको छाक टार्ने बर्गको जिवन यापन दिन प्रतिदिन कष्टकर बन्दै गएकाले आपनो क्षेत्र भित्रका कुनै पनि जन्ता खाना नपाएर मर्न नपरोस र राहातको दुरपयोग नहोस भन्नाका लागि वडा मा क्विक रेस्पोन्स टिम गठन गरिएको छ । बर्तमान परिस्थितीका कारण कसैको चुलो बलेन वा खाना खान पाएन भनि सुचना आयमा तुरुन्त आपनो टिम राहात सहित उक्त व्यक्तिको घर दैलोमा गई यर्थातता बुझि राहात बितरण गरिने कुरा वडा अध्यक्ष बस्नेतले जानकारी गराएका छन र यो बिषम परिस्थितीका कारण छरछिमेकमा कसैको चुलो बलेन हामिलाई खवर गर्नुहोस हामी कसैलाई पनि भोकै मर्न दिदैनौ जस्लाई अति आवश्यक हो उसले राहात पाउछ तपाईहरु ढुक्कहुनुहोस सही सुचना दिनुहोस हामी सबै मिलेर यो परिस्थितीको सामना गर्न वडा अध्यक्ष बस्नेतले सवैमा अनुरोध गरेका छन ।
    विभिन्न ठाउमा होडबाजीमा गरिने राहात बितरणमा देखिएको समस्या, राहातको दुरपयोग र चुनौतीलाई गहन अध्ययन गरि सरोकारवाला संग परामर्श गरि जस्ले पाउनु पर्ने हो त्यो वर्ग नछुटोस अनि राहातको दुरपयोग पनि नहोस भनि आफु एकदमै सचेत भइ सरोकारवालाहरुको टिम वनाई विवादरहित तरिकाले राहात बितरण गर्ने गरेको अध्यक्ष बस्नेतले बताएका छन । आफ्नो वडामा कोही भौकै म¥यो भने त्यसको पुर्ण जिम्मा आफुले लिने तर राहतको नाममा भकारी भरी धान र बोरामा गहु चामल भएका व्यक्तिलाई राहात नदिने बताए ।

  • १ बैशाख २०७७, सोमबार १५:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित