मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर डेण्टलद्रारा ट्राफिक प्रहरीलाई डेण्टल सामग्री हस्तान्तरण
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुरमा रहेको कोहलपुर डेण्टल हस्पिटलले जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरलाई डेण्टल सामाग्री हस्तान्तरण गरेको छ ।
    कोहलपुर डेण्टल हस्पिटलका कार्यकारी प्रमूख गजेन्द्र शाहले जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका प्रमूख प्रबिन्द्र बमलाई डेण्टल सामग्री अन्तर्गत ब्रस, माउथ वास, ग्लब्स, केहि थान मास्क तथा सेनिटाईजर हस्तान्तरण गरेका छ ।
    कोहलपुर डेण्टल हस्पिटलका कार्यकारी प्रमूख गजेन्द्र शाहले कोरोना भाईरसको उच्च जोखिममा ट्राफिक प्रहरी भएकाले कोरोनाबाट बच्नका लागि डेण्टल सामग्री हस्तान्तरण गरिएको जानकारी दिएका छन् । कोहलपुर डेण्टल हस्पिटलको सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई सहयोग गरिएको बताए । साथै उनले सडक दुर्घटना न्यूनीकरण गर्नका लागी कोहलपुर डेण्टल हस्पिटलले ट्राफिक सचेतना सम्बन्धि बोर्डहरु सडकमा राख्नका लागी जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरसगँ सम्झौता भएको बताएका छन् । जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका प्रमूख प्रबिन्द्र बमले कोरोना भाईरसको संक्रमण फैलन नदिनको लागी सबै लग्नु पर्ने बताएका छन् ।

  • ४ बैशाख २०७७, बिहीबार १५:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित