मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा कोहलपुर अध्यक्ष अधिकारीको पहलमा पैदल यात्रुको उद्वार
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुरबाट राजमार्गमा अलपत्र परेका पैदल यात्रुको उद्वार गरिएको छ । नेकपा कोहलपुर नगर कमिटी अध्यक्ष बसन्ती अधिकारीको पहलमा काठमाडौं, सिन्धुपाल्चोक , रामेछाप लगायतका जिल्लाहरुबाट सात दिन देखि हिडेर आएका बर्दिया, कैलाली र सुदुरपश्चिम प्रदेशका अन्य जिल्लाका नागरिकको उद्वार गरिएको हो ।
    कोहलपुर नगरपालिकाको ट्रीपरको व्यवस्था गरि राजमार्गमा अलपत्र परेका पैदल यात्रुलाई कोहलपुरबाट बर्दियाको बाँसगाडी नगरपालिकासम्म पुर्याएको उनले जानकारी दिएकि छिन । अध्यक्ष अधिकारीले राजमार्गमा अलपत्र परेकालाई जनतालाई सबै स्थानिय सरकारले उद्वार गर्नु पर्ने बताएकि छिन । कोहलपुर नगरपालिका सामाजिक विकास समितिकी संयोजक नारायणी वलिले काठमाडौं, सिन्धुपाल्चोक , रामेछाप लगायतका जिल्लाहरुबाट हिडेर आएकालाई कोहलपुर१२ का ग्यान्दी पौडेलले फलफुलको व्यवस्था गरि बर्दियाको बाँसगाडी सम्म जाने व्यवस्था आज गरिएको बताईन । लकडाउनका कारण सबै क्षेत्र बन्द भए पछि विभिन्न ठाउँमा काम गर्ने मजदुर हजुर हिडेरैभए पनि आफ्नो घर गइरहेका छन् ।

  • ४ बैशाख २०७७, बिहीबार १५:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित