मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रदेश सहकारी संघ ५ नं. को अनलाईन बैठक सम्पन्न, (निर्णय सहित)
  • मार्गरेखा संवाददाता

  • प्रदेश सहकारी संघ प्रदेश ५ नं. ले अनलाईन बैठक सम्पन्न गरेको छ । प्रदेश सहकारी संघ ५ नं. प्रेदशको आयोजना, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलको विशेष उपस्थिति र प्रदेश नं. ५ बाट केन्द्रिय संघहरुमा प्रतिनिधित्व गर्ने उपलब्ध केन्द्रिय सदस्यहरुको उपस्थितिमा अनलाईन बैठक सम्पन्न भएको प्रदेश सहकारी संघ प्रदेश नं. ५ का अध्यक्ष प्रेम प्रसाद सुवेदीले जानकारी दिएका छन् ।
    बैठकमा कोरोना भाईरसको समसायिक विषय र प्रदेशभरी सहकारीमा देखा परेका समस्याको समिक्षा र समाधानका उपाय, सेवा प्रवाह गर्ने तथा समसायिक विषयमा बृहत रुपमा छलफल गरि निम्न निर्णय गरिएको उनले बताए ।
    (निर्णयहरु निम्न रहेका छन्)
    निर्णय नं. १ सहकारी क्षेत्रमा लकडाउन अवधिमा र साे पछि समेत तरलताको समस्या हुन सक्ने देखिएका कारण यसकाे समाधान गर्न राष्ट्रिय सहकारी बैंक र नेफ्स्कुन संग अल्पकालीन कर्जा प्राप्त गर्ने ब्यबस्था मिलाउन अनुरोध गर्ने ।
    निर्णय नं. २ कृषि उत्पादन को संकलन र बजारीकरणका लागि मन्त्रालयबाट गत बर्ष ५०%अनुदान प्राप्त गरि खरिद गरिएका गाडीहरु सम्बन्धित जिल्ला सहकारी संघ संगको सहकार्यमा सम्वन्धित सहकारी संस्थाहरुले परिचालित गरि घरदैलो सेवा दिने ब्यबस्था मिलाउन भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय ५ न प्रदेश मा अनुरोध गर्ने ।

    निर्णय नं. ३ बिगतमा सहकारी बजार सन्चालन गरेका वा सुपथ मुल्यका coop shop सन्चालन गरेका सबै सहकारी पसलहरुकाे अबस्था हेरी सजकता अपनाइ खुला गर्ने । जसका लागि सम्बन्धित जिल्ला सहकारी संघले पहलकदमी लिने ।

    निर्णय नं. ४ उत्पादनशिल काममा लागेका सहकारीहरुलाई सहुलियत कर्जा प्रदान गरिहाल्नु पर्ने अवस्था अाएकाे हुँदा प्रदेश मन्त्रालयमा रहेकाे सहकारी विकास काेषलाई तत्काल कार्यान्वयनमा ल्याउन प्रदेश सहकारी एेन र नियमावलीमा भएकाे व्यवस्था अनुशारकाे सहकारी विकास कोश लाई आबस्यक ब्यबस्था गरि तत्काल कार्यन्वयन मा ल्याउन माननीय मंन्त्रि ज्यु मा अनुरोध गर्ने ।

    निर्णय नं. ५ प्रदेश भरीका प्रारम्भिक सहकारी तथा संघहरुलाई आफ्नो मुख्य कार्यालय रहेको स्थानीय तहमा सक्दो राहतको योजना बनाई सहयोग गर्ने र सोको जानकारी सम्बधित जिल्ला सहकारी संघहरु मार्फत प्रदेश सहकारी संघ र मन्त्रालयमा गराउने ।

    निर्णय नं. ६ कोरोना भाइरसबाट आफ्ना शेयर सदस्य र आम जनसमुदायलाई सुरिक्षित र सजग रहन अनुरोध गर्ने तथा अनुशासन पुर्वक लकडाउनको पालना गर्न अन्लाईन मार्फत परामर्श सन्चालन गर्ने ।

  • ५ बैशाख २०७७, शुक्रबार १९:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित