मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

इतिहासमै पहिलो पटक ५ रुपैँया किलो काक्रा
  • मार्गरेखा संवाददाता

  • कोरोना भाइरसका कारण देश लकडाउनको २६ दिनमा कोहलपुरबासीले ५ रुपैँया किलो काक्रा उपभोग गर्न पाएका छन् । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीको नेतृत्वमा आज १२ सय क्युन्टल काक्रा उपभोक्ताहरुले सहज रुपमा खरिद गरेको अध्यक्ष अधिकारीले बताए ।
    बजारमा ३० देखी ४० रुपँया पर्ने काक्राको मुल्य कोहलपुर उद्योग वाणिज्य संघले सौलियत दरमा विक्रि गरेको छ । आइतबार पनी सहुलियत दरमा काक्रा विक्रि गर्ने उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।लकडाउनका कारण अतिआवश्यक सामग्री , तरकारी तथा फलफूलहरु उपभोक्ताले सहज रुपमा उपभोग गर्न नपाएको बेला कोहलपुर उद्योग वाणिज्य संघले भने प्रशंसिय काम गरेको कोहलपुर नगरपालिका वडा नं.११ कि सर्मिला केसीले बताइन् ।

  • ६ बैशाख २०७७, शनिबार १७:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित