मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेविसंघको स्थापना दिवसमा १५९ जनाले गरे रक्तदान
  • मार्गरेखा संवाददाता

  • नेपाल विद्यार्थी संघ बाँकेले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवसको अवसरमा नेविसंघ बाँकेले आयोजना गरेको
    रक्तदान कार्यक्रममा एक सय ५९ जनाले रक्तदान गरेका छन् । नेविसंघ बाँकेले नेपालगन्ज र कोहलपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कोरोना भाईरसका कारण बाँकेमा रगतको अभाव भएकोले नेविसंघ बाँकेले ५१ औं स्थापना दिवसको अवसर पारी रक्तदान आयोजना गरेको नेविसंघ बाँकेकाअ अध्यक्ष पूर्ण प्रसाद आचार्यले जानकारी दिएका छन् । कोरोना भाईरसको संकटको घडीमा रक्तदान गरी सहयोग गर्ने धन्यवाद दिँदै रगत अभाव भइरहेको बेला रगत दान गरेर मानवीय सेवामा लाग्न सबैलाई आग्रह गरे । रक्तदान कार्यक्रममा कोहलपुर क्षेत्रका युवा, विद्यार्थी र शुभचिन्तकहरुको सहभागिता रहेको आचार्यले बताए ।

  • ६ बैशाख २०७७, शनिबार १९:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित