मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर नगरको विपद् कोषमा साढे आठ लाख जम्मा
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुर नगरपालिकाको विषद् व्यवस्थापन लकोषमा हाल सम्म साढे आठ लाख रुपैयाँ जम्मा भएको छ । कोहलपुर नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा नगद रकम आठ लाख ६३ हजार २ सय ४४ रुपैयाँ जम्मा भएको छ । विपद् कोषमा नागरिकदेखि विभिन्न संघसंस्था लगायतले रकम जम्मा गरेका छन् । रकम जम्मा गर्नेमा खिल प्रसाद भुषालले ५१ हजार, शसेन्द्र शाहीले १० हजार, बसपार्क बजार सुधार समितिले ५५ हजार, गोरखा यूनाईटेड पब्लिक स्कुलले एक लाख, बसोबास महिला बचत तथा ऋण सहकारी संस्थाले २५ हजार पाँच सय, महिला उपकार मञ्च कोहलपुरले एक लाख ११ हजार एक सय एक, क्रिसा कोहलपुरले २१ हजार, इनरुडेक नेपालले ५१ हजार, मालिका हार्डवयेर एवम् मालिका मेट्रो मार्कले ५१ हजार, संघर्ष दलित महिला तथा बचत ऋण सहकारी र दलित सेवा संघले संयुृक्त रुपमा ३० हजार पाँच सय, बागेश्वरी एकेडेमी स्कुलले ६० हजार सहयोग गरेका छन् । त्यस्तै कोरोना भाईरसको संक्रमणबाट समस्या परेकालाई राहत उपलब्ध गराउने लक्ष्यका साथ कोहलपुर नगरपालिकाको विपद् व्यवस्थापन कोषमा नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरले ३० हजार, गोखरनाथ ट्रेनिङ सेन्टर कोहलपुरले १० हजार १ सय ३३, बागेश्वरी असल शासन क्लब (बास)ले १० हजार, जनएकता सामुदायिक वनले १० हजार, सामाजिक सचेतना सरोकार मञ्च (स्याक नेपाल)ले १० हजार, नमस्ते बचत तथा ऋण सहकारी संघ लि.ले २५ हजार, लुमन्ति नेपालले एक लाख ५० हजार, कोहलपुर ख्रीष्ठियन समाजले ४१ हजार र दलित महिला संघ (फेडो) बाँकेले ११ हजार आर्थिक सहयोग जम्मा गरेका छन् । विश्वभरी महामारीको रुपमा फैलिरहेको प्रभाव नेपालमा पनि बढिरहेको सम्दर्भमा यसको रोकथाम, नियन्त्रणा लगायतका कार्यमा स्थानिय तह लागि परेको अवस्थामा कोहलपुर नगरपालिकाले कोरोना भाईरसबाट उपन्न हुने विभिन्न समस्यालाई मध्यनजर गर्दै विपद् व्यवस्थापन कोषको स्थापना गरिरहेको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले जानकारी दिएका छन् । साथै उनले सबैको साथ र सहयोगले कोहलपुर नगरपालिकाका जनतालाई कुनै पनि समस्या आउन नदिनका लागि स्थानिय सरकार विशेष नीतिका साथ लागि परिरहेको नगरप्रमुख रावतले जानकारी दिएका छन् । स्थानिय सरकारसँगै सहकार्य गरी कोरोना भाईरसका विरुद्व एकजुट हुन अनुरोध गर्दै सरकारले लागु गरेको लकडाउनको पालना गरी घरमै बसेर सरकारलाई सहयोग गरिदिन नागरिकलाई अप्रिल समेत गरेका छन् । कोहलपुर नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा रकम जम्मा हुने क्रम जारी रहेको छ ।
    .

  • ७ बैशाख २०७७, आईतवार १७:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित