मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सिडेनद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाइ सहयोग
  • मार्गरेखा संवाददाता

  • प्रजातन्त्रवादि इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ( सिडेन ) प्रदेश ५ द्धारा कोभिड –१९ कोरोना भाईरसको महामारीबाट बच्न र बचाउन सहयोग गर्ने हेतुले अत्यावश्यक,महत्वपूर्ण,विश्वस्नीयता र गुणस्तरीय कोरोना परिक्षण नमुना संकलन बुथ, पिपिई , स्यानिटाईजर टनेल लगायतका सामाग्रीहरु निमार्ण गरिरहेको महाविर पुनद्धारा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई रु.१०००००।– (अक्षरुपी एक लाखमात्र ) हस्तान्त्रण गरिएको छ ।

    सिडेन प्रदेश ५ का सह सचिव ई.अर्जुन गिरीकाअनुसार सिडेनका इन्जिनियर साथिहरु द्धारासहयोग संकलनगरि पठाईएको हो । ई. गिरीकाअनुसार संचालक वैज्ञानिक महाविर पुनले इन्जिनियर समुहलाई हार्दिक धन्यबाद दिनुभएको छ ।

    स्थानीय स्तरका इन्जिनियरहरु कोरोना बुथ तथा स्यानिटाईजर टनेल बनाउन आफै सक्षम भएता पनि सामाग्रीको गुणस्तर, विश्व स्वास्थ्य संगठनको मान्यतालाई मध्यनजर गर्दै पवित्र उदेश्य बोकेको राष्ट्रप्रेमी वैज्ञानिक महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रोत्साहितगर्ने उद्धेश्यले सहयोग गरिएको कुरा ई. गिरीले बताउनु भएको छ ।

    यस पूण्यकार्यमा सहयोग गर्नु हुने सिडेन प्रदेश ५ आबद्ध सम्पूर्ण इन्जिनियर साथिहरु लाई सिडेन प्रदेश ५ को तर्फ बाट हार्दिक धन्यबाद तथा आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गरिएको कुरा ई. गिरीले बताउनु भएको छ ।

  • ८ बैशाख २०७७, सोमबार १२:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित