मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अलपत्र परेका मजदुरलाई उद्धार कार्य निरन्तर
  • मार्गरेखा संवाददाता

  • एस.वि.एम. चैत्र ८ / बाँकेको कोहलपुर प्रदेश नं ५,६,७ को मुख्य नाका हो । यही नाका भएर सयौँ मजदुरहरु भोकभोकै र पैदल हिडिरहेका बेला कोहलपुर स्थित प्रजातान्त्रिक व्यवसायी संघ र नेपाली कांग्रेस वडा नं. ११ ले खानाको मेस ४ दिन देखी लगातार संचालन गरेको छ । ४ दिनमा सयौको संख्यामा अलपत्र परेका यात्रुहरुले खाना खाएर सकुसल घर सम्म पुयाउने जिम्मेवारी संघले गर्दै आएको र दैनिक रुपमा भोजनका लागि आवश्यक पर्ने सामग्रीहरु जुटदै गहिरहेको नेपाल तरुणदलका केन्दिय प्रतिनिधी एवं समाजसेवि युवा लुट बहादुर केसी बताउछन् । राप्तीसोनारी गाँउपालिका वडा नं. १ ले पैदल यात्रुलाई गाडीको व्यवस्थापन गरि कोहलपुर सम्म पुयाउने व्यवस्था गरेको छ । कोहलपुरबाट भने सुर्खेत जाने यात्रुहरुलाई सुर्खेतको सिमाना बबै र बर्दिया हुदै जाने यात्रुलाई मानखोला सम्म पुयाउने गरेको छ । यसरी सम्पुर्ण अलपत्र परेका यात्रुलाई सकुसल घर सम्म पुयाउनका लागि कोहलपुर प्रजातान्त्रिक व्यवसाय संघले कोहलपुर नगरपालिका , कोहलपुर खानेपानी उपभोक्ता समिती,सुरक्षाकर्मी , नगरपालिका ,कोहलपुरमा रहेका संस्थागत विद्यालय संग सम्वन्य गरि आफ्ना क्रियाकलाप संचालन गरेको छ । प्रजातान्त्रिक व्यवसायी संघका सह सचिव लक्ष्मणराज पौडेलले भने, ‘लकडाउनको समय दोस्रो पटक थपिएपछि जब मानिसहरु राजमार्गमा भोकभोकै पैदल हिड्न थाले, सोही पिडा सहन नसकी त्यसपछि नै हामीले गाडीबाट पैदल यात्रीलाई बोकेर सीमा कटाउन थालेका थियौं, पैदल यात्रीको चाप अत्याधिक रुपले बढ्न थालेपछि तीन दिनदेखी निरन्तर बस र ट्रकको ब्यवस्था गरेर पठाइरहेका छौं,’। ४ दिन सम्म संचालनमा आएको भोजन व्यस्थापनमा १ हजार ४ सय ९० जना पैदल यात्रीलाई भोजन सहित घरतर्फ पठाइएको समाजसेवी मोहन चापागाईले बताए ।

  • ८ बैशाख २०७७, सोमबार १६:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित