मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बैजनाथमा दाना नपाउँदा ४ हजार ८ सय कुखुरा मरे
  • मार्गरेखा संवाददाता

  • लकडाउनका कारण दाना नपाउँदा बाँकेको बैजनाथ गाउँपालिकामा ४ हजार ८ सय कुखुरा मरेका छन् । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. २ मा रहेको लक्षदिप पशु पालन फर्ममा रहेका ५ हजार कुखुरा मध्ये ४ हजार ८ सय कुखुरा दाना नपाएरै मरेका छन् । कोरोना भाईरसका कारण देश लकडाउनमा रहेको बेला कुखुरालाई आवश्यक पर्ने दाना उपलब्ध गराउन नसक्दा कुखुरा मरेको लक्षदिप पशु पालन फर्मका सञ्चालक दिपक गुरुङले जानकारी दिएका छन् संचालक गुरुङले स्थानिय, प्रदेश र संघिय सरकारले सहयोग गरेको खण्डमा १५ हजार लेयर्स कुखुरा र १० हजार लोकल कुखुरा पाल्ने सोच बनाएको बताउँदै हाल काठमाण्डौंमा रहेको घर बैंकमा राखेर १ करोड ५० लाख ऋण लिएको र स्थानिय सहकारीबाट करिब ८० लाख ऋण लिएर व्यवसाय सञ्चालन गरिएको जानकारी दिएका छन् ।
    सञ्चालक गुरुङले स्थानिय, प्रदेश र संघिय सरकारले आवश्यक सहयोग गरी आफ्नो व्यवसाय सञ्चालनमा मद्दत पु¥याईदिन अनुरोध गरेका छन् । देशमा लागु भएको लकडाउन कारण किसानहरु विभिन्न समस्यामा परेको भन्दै भन्दै सरकारले कृषि ऋण तथा अनुदानमा राहतको घोषण गर्नुपर्ने बताएका छन् ।
    आवश्यक मात्रमा दाना नपाउँदा बाँकी रहेका कुखुराले अण्डा दिईरहेका छैनन् भने उनीहरुका लागि चाहिने प्रयाप्त मात्रामा दानाको व्यवस्था पनि गर्न नसकिएकोमा भन्दै उनले दुख व्यक्त गरेका छन् । त्यस्तै बैजनाथ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष प्रेम बहादुर थापाले दाना नपाउँदा कुखुरा मरेको प्रति स्थानिय सरकारको विशेष ध्यान पुगेको जानकारी दिँदै आवश्यक सहयोग गर्न स्थानिय सरकार र आफु लाग्ने बताएका छन् । स्थानिय सरकार उद्योगी व्यवसायीकै पक्षमा रहेको जानकारी दिँदै आवश्यक राहतका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । करिक १ करोड ५० लाख आर्थिक लगानीमा २ वर्ष पहिले सञ्चालनमा ल्याईएइको कुखुरा फर्ममा हाल कुखुराहरुले प्रतिदिन ४ हजार अण्डा उत्पादन गर्दै आईरहेका थिए भने उत्पादित कुखुराका अण्डा कर्णाली प्रदेशमा पु¥याउने गरेको उनले जानकारी दिएका छन् । साथै ती मरेका कुखुराहरुको बिमा नभएका कारण करोड भन्दा बढीको क्षति पुगेका छ ।

  • ९ बैशाख २०७७, मंगलवार १८:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित