मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

महामारीका बेला कांगेसले मानविय धर्म गरेको हो : क्षेत्रिय सभापती खत्री
  • मार्गरेखा संवाददाता

  • एस.एम.वि बाँके चैत्र ११   विश्वभर फैलिएको कोरोना भाइरसका विश्वभरका मुलकहरुमा लकडाउन गरिएको छ । नेपालमा पनी लकडाउन भएको महिना दिन पुगिसकेको छ । नेपाली कांग्रेस कोहलपुर नगरपालिका वडा नं. ११ कार्यसमिती र कोहलपुर प्रजातान्त्रिक व्यवसायी संघले १ हप्तादेखी पैदल यात्रीहरुका लागि भोजन व्यवस्थापनको कार्य गर्दै आएको छ । काठमाण्डौ,काभ्रे बाग्लुङ, चितवन लगायत कामको शिलसिलामा जिल्ला बाहिर बाट घर तर्फ फर्कदै गरेका सयौँ पैदल यात्रीहरुलाई खानपिन सहित घर तर्फ पठाउने काम भइरहेको छ । दैनिक ६ सय भन्दा बढि यात्रुुहरुलाई भोजन व्यवस्थापन गर्दै ती मजदुरहरुलाई घरतर्फ पठाइएको नेपाली कांगेश क्षेत्र नं.३ का क्षेत्रिय प्रतिनिधी सरद रेग्मीले बताए । उनका अनुसार हामीले दैनिक ज्यालादारी र मजदुरी गर्नका लागी विभिन्न ठाउबाट फर्किएका यात्रुहरुलाई १ सातादेखी उद्धारमा खटेका छौँ , विभिन्न चुनौती मोल्दै अलपत्र परेका यात्रुलाई उद्धार गरिरहेका छौँ उनले प्रशंग बदल्दै भने सरकारले गर्नुपर्ने काम हामीले गरिरहेका छौं तरपनी आलोचना भने आउन छाडेको छैन ।

    बुधबार कोहलपुरको चौरायमा संचालन गरिएको यात्रुका लागि भोजन व्यवस्थापनमा अनुगमनमा पुगेका नेपाली कांग्रेस क्षेत्रिय सभापती माधवराम खत्रीले नेपाली काग्रेशले दुख पाएर हिडिरहेका मजदुरहरुलाई भोजन व्यवस्थापन गर्दा मानविय धर्म र विपत्को समयमा भोजन व्यवस्थापन नेपाली काग्रेशले आफ्नो पार्टीको केन्द्रिय निर्णय भएको बताएका छन् । विपत्को जटिल समयमा नेपाली काग्रेसका भातृसंगठन, महिला संगठन लाई भोजन व्यवस्थापनलाई निरन्तरता दिन अनरोध समेत गरेका छन् । हाल कोहलपुरको चौरायमा संचालन गरिएको भोजन व्यवस्थापनका थप्रै व्यक्तिहरुले सहयोग गर्दै आइरहेको ७ दिनदेखी सोही खाना बनाउन कार्यमा लागेका नेपाली काग्रेशका नगर प्रवक्ता यज्ञ बहादुर महरा बताउछन् । नेपाली काग्रेशले सरकारले गर्नुपर्ने काम एउटा पार्टीले श्रोत साधन जुटाएर गरेकोमा कतिपय समाजसेविहरुले प्रशंसा योग्य काम गरेको बताएका छन् । भोजन व्वस्थापन र पैदल यात्रुहरु भोकभोकै हिडिरहेको र सरकार मुख दर्शक भएर हेरेकोले आफुहरुले सो कार्यलाई निरन्तरता दिन परेको नेपाल तरुण दलका केन्द्रिय प्रतिनिधी एवं समाजसेवि लुट बहादुर केसी बताउछन् ।
    दैनिक रुपमा संयौ मानिसहरुलाई खाना खुवाएर गन्तव्य पठाउन निकै कठिन छ तरपनी लकडाउन जति लम्विएपनी यसलाई निरन्तरता दिइरहने कोहलपर तरुणदल नगर सभापति हरिसिह कठायत बताउछन् । बुधबार मात्रै ४ सय ५१ जनालाई खानाको व्यवस्थापन र गाडीको व्यवस्था गरि यात्रुहरुलाई उनीहरुको सकुसल गन्तव्य स्थानतर्फ पठाइएको छ । अधिकाश यात्रुहरु कर्णाली प्रदेश हुम्ला,अछाम, कालिकोट, सुर्खेत, बर्दिया र कैलालीका रहेका छन ।

  • ११ बैशाख २०७७, बिहीबार ११:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित