मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भोकले पीडितलाई भोजन दिनु अपराध होइन् – भोजन व्यवस्थापन समूह
  • मार्गरेखा संवाददाता

  • कोहलपुर चौराहा क्षेत्र एकाएक विहिवार विहान १० बजेपछि मानिसहरुको जमातले भरिन्छ । काठमाण्डौ, चितवन, बुटवल लगाएतका क्षेत्रबाट आप्mनो गृहनगर पुग्न हतारिएका यात्रु, सुरक्षाकर्मी, यात्रुहरुलाई भोजनको व्यवस्थापन गरिरहेको समूहबाहेक अर्को समूहले यस क्षेत्रमा मानिसहरुको उपस्थितीले कोभिड १९ को जोखिम बढ्यो भनेर विरोध जनाएपछि विवादले ठुलो रुप लियो ।
    कोहलपुर चौराह क्षेत्रमा विगतका केही दिनदेखि नेपाल तरुण दल, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ कोहलपुर, नेपाली काँग्रेस वडा नं. ११ कार्य समिति सहित व्यवसायी एवम् पूर्व नगर विकास समिति कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले अलपत्र पैदल एवम् सवारी यात्रुहरुलाई भोजनको प्रवन्ध मिलाइरहेको छ । विशुद्व मानविय संवेदनालाई दृष्टिगत गर्दै कोभिड १९ को संकटग्रस्त समयमा लामो दुरी पार गरेर कोहलपुरसम्म आइपुगेका भोक एवम् मानसिक रुपमा विछिप्त बनेका यात्रुहरुलाई एक छाक भोजनको व्यवस्थापन गर्नु आम नागरिकको दायित्व हुने भएकाले आपूmहरुले सामाजिक उत्तरदायित्व वहन गर्नबाहेक अन्य कुनै स्वार्थ नरहेको भोजन व्यवस्थापन समूहले दावी गरेको छ ।

    बाजुरा स्थायी घर भएका नरेश जैशी जो काठमाण्डौबाट लामो दुरी पार गर्दै भोक र प्यासले छट्पट्टिदै कोहलपुरसम्म पुगेर खाना खाँदै थिए त्यतिबेला भोजन व्यवस्थापन गरिरहेको समूह र नेकपा निकट स्थानीय नेतृत्वकर्ताहरुको विवाद बढेपछि गुनासो गर्दैथिए, किन मान्छेहरुमा मानवता हराउँदै छ ? हामी पनि कोरोना कहरबाट त्यत्तिकै प्रताडित छौ, जति यहाँका नगरवासी छन् । उनी भन्छन् हामी लामो दुरी पार गरेर कोहलपुरसम्म आउँदा अन्य ठाउँमा पनि स्थानीय एवम् जनप्रतिनिधीहरुले वीच वीचमा खाना खुवाउनुभएको थियो । त्यस ठाउँमा किन खाना खुवाएको भनेर विरोध जनाउने समूह कहि कतै देखेनौ तर कोहलपुरमा किन नेकपा निकटका व्यक्तिहरुमा मानवता हरायो, भगवान जानुन्, उनले भने । मुगु स्थायी घर भई हाल चितवनमा मजदुरी गर्न पुगेका बसन्त शाही भन्छन् “एक दिनदेखि हामी भोकै थियौ, कोहलपुर चौराहामा केही व्यक्तिहरुले आउनुहोस् भोजन गरेर जानुहोस् भन्दा हामी हर्षित बनेको थियौं । खाना लिने क्रममा लाइनमा बसेर पालैपालो खाना लिनेक्रममा केही साथीहरुले भीड गर्न खोज्नु स्वभाविक पनि हो, भोकले हामी ग्रसित भएकाले । जुन समूह, जनु राजनीतिक दल निकट भएपनि समस्यामा परेका यात्रुहरुलाई सहयोग गर्नु कुनै अपराध होइन अनि हामी भोकले छट्पट्टिएका यात्रुहरु बाटोमा खानाको व्यवस्थापन मिलेर खाना खानु पनि अपराध होइन् । उनी भन्छन् “तर भोकले ग्रसित व्यक्तिलाई भोजनबाट बञ्चित गरिन खोज्नु भने अपराध नै हो ।”

    नेपाली काँग्रेस कोहलपुर नगर समिति सचिव भुम भण्डारी भन्छन्–“मुलुक कोभिड १९ ले संकट ग्रस्त बनेको छ, लक डाउन सरकारले जारी गरेपछि धेरै दहसम्म कोभिड १९ फैलिन पाएको छैन, नेपाली काँग्रेस निकटका केही व्यक्ति तथा भातृ संगठनले कोहलपुर चौराहा क्षेत्रमा निशुल्क भोजनको प्रवन्ध गर्नु भनेको सरकारलाई सहयोग गर्नु नै हो । यस विषम परिस्थितीमा मानविय सेवाबाट कोही पनि विमुख हुनुहुदैन अनि अरुले गरेको सकारात्मक कार्यलाई आत्मसाथ गर्नु पर्ने बेला नेकपा निकटका केही स्थानीय नेतृत्वकर्ताहरुले सहयोगी मनहरुलाई भोक प्यासले ग्रसित यात्रुहरुको भावनामा खेलबाड गर्न नहुने हो ।” सामाजिक दुरी कायम राखेर भोजन व्यवस्थापन गरिरहेकै छौ, खै किन साथीहरु अत्तालिनु भो, उहाँहरुले नै बुझ्ने कुरो हो, उनले भने ।
    नेपाल तरुण दल कोहलपुर नगर सभापति हरिसिंह कठायतले नगरवासीको समर्थन बढ्दै गएपछि आक्रान्त बनेर नेकपा निकटका केही नेताहरुले यसको विरोध गरेको जनाए । उनले भने–“हिजोका दिनमा नेकपा निकटका नेता कार्यकर्ता नै यही चौराहमा टेन्ट लगाई यात्रुहरुलाई, चाउचाउ–भुजा, काक्रा लगाएतका ड्राइ फुड्सहरु वितरण गर्दा हामीहरुले उहाँहरुलाई धन्यवाद ज्ञापन गरेकै थियौं तर हामीहरुले अलपत्र यात्रुहरुलाई भोजन तथा यातायातको व्यवस्थापन गर्दा उहाँहरुले विरोध जनाउँदा पराजित मानसिकताको उपज छरपष्ट रुपमा देखाउनु भयो । यदि हामीहरुले गरेको कार्य गलत हो भने, उहाँहरुले हिजोको दिनमा चाउचाउ–भुजा, काक्रा लगाएतका ड्राइ फुड्सहरु वितरण गर्नु जायज हो त ?” उनी प्रश्न गर्छन ।
    यस विषयमा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले मानिसहरुको भीड बढेपछि कोरोना संक्रमणको जोखिम पनि बढेकाले भीड नगर्न आग्रह गरेको बताए । नगर प्रमुख रावतका अनुसार उद्योग व्यवसाय संघ, नेकपा र नेपाली काँग्रेसका नेतृत्व तह अनि सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा छलफल हुँदा सकेसम्म मानिसहरुको भीड नगर्ने भन्ने कुरा भएको थियो । आज विहिवार विवाद बढेपछि कोहलपुर नगर विकास समितिका पूर्व अध्यक्ष लक्ष्मणराज पौडेलकाबीचमा कुरा हुँदा पैदल यात्रुहरुका लागि चौराहमा रहेको राम मन्दिरमा खाना पकाएर प्याकेजिङ्ग खाना वितरण गर्ने जानकारी दिएको र त्यस कार्यमा पनि भिड नगर्न आपूmले आग्रह गरेको बताए ।
    कोहलपुर नगरपालिका उप–प्रमुख सञ्जु कुमारी चौधरीले यस विषयलाई विवादित बनाउन नहुने बताएकी छिन् । उनले यस अघि नगरकार्यपालिकाको वैठकमा जनप्रतिनिधीहरुले अलपत्र यात्रुहरुलाई भोजन र यातायातको व्यवस्थापन गरिरहेको समूहको कार्य सराहनिय रहेको भन्ने कुरा आएको थियो । वैठकमा यस्तो मानविय सहयोग आवश्यक रहेको साथीहरुले बताउनु भएको थियो तर किन विवादित बनाइयो, यो जटिल प्रश्न रहेको छ, उनले भनिन् ।
    यस्तै यात्रुलाई भोजन व्यवस्थापन अभियानका अभियन्ता समेत रहेका पौडेलले विशुद्व मानविय सेवाबाट प्रेरित भएर अभियान शुरु गरिएको र अभियानलाई अझ व्यवस्थित तरिकाले अगाडी बढाउने तयारी भइरहेको जानकारी दिए । ६÷७ दिनदेखि घर पुग्नैपर्ने बाध्यताले यात्रा गरेका यात्रुहरुलाई समस्यामा पर्दा सहायता गर्नु मानविय धर्म पनि भएकाले यसबाट आपूmहरु विचलित नहुने उनको तर्क छ । बर्दिया लगाएतका पश्चिम क्षेत्रबाट कोहलपुरमा अपलत्र परेको खत्रर आई सहयोगका लागि याचना गरेपछि निशुल्क भोजन र आप्mनै व्यवस्थापनमा गाडीको प्रवन्ध मिलाई यात्रुहरुलाई उनीहरुको गन्तव्यसम्म पु¥याउने कार्य सस्तो लोकप्रियताका लागि नभई सामाजिक उत्तरदायित्व वहनका लागि भएकाले विरोध जनाउने समूहलाई यस मानविय कार्यमा हातेमालो गर्न उनले आग्रह गरेका छन् ।

  • ११ बैशाख २०७७, बिहीबार १३:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित