मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चौराहाको निशुल्क भोजन कार्यक्रम थप व्यवस्थित बनाइयो
  • मार्गरेखा संवाददाता

  • कोहलपुर चौराहा क्षेत्रमा अलपत्र यात्रु तथा समस्यामा परेका नागरीकहरुका लागि निशुल्क भोजन कार्यक्रमलाई शुक्रवारबाट थप व्यवस्थित बनाइएको
    छ ।
    कोहलपुर चौराह क्षेत्रमा विगत ८ दिनदेखि नेपाल तरुण दल, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ कोहलपुर, नेपाली काँग्रेस वडा नं. ११ कार्य समिति सहित व्यवसायी एवम् पूर्व नगर विकास समिति कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले अलपत्र पैदल एवम् सवारी यात्रुहरुलाई भोजनको प्रवन्ध मिलाउँदै आइरहेको छ । विहिवार सो कार्यक्रम स्थगित गर्न माग गर्दै नेकपा सम्बद्व केही स्थानिय नेतृत्वले विवाद सिर्जना गरेपछि शुक्रवार सामाजिक दुरीलाई विशेष प्रथामिकता दिँदै यात्रुहरुलाई सहज हुने गरी भोजनको प्रबन्ध मिलाइएको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ कोहलपुर नगर समिति उपाध्यक्ष उमेश उप्रेतीले बताए ।

    उपाध्यक्ष उप्रेतीका अनुसार शुक्रवारबाट चौराहमा रहेको राम मन्दिर परिसरमा भोजन पकाई मन्दिरको गेट वाहिर खाना पु¥याई थप व्यवस्थित गरिएको छ । हामीहरु मन्दिर परिसरमा पकाएको खाना गेट भित्र बाहिर वाहिर टेवलमा राखिदिने गरेका छौ र यात्रुहरुलाई सामाजिक दुरी कायम गर्दै गोल घेर निर्माण पनि गरेका छौ । यात्रुहरुले पालैपालो लाइनमा खाना लिएर आइरहनुभएको छ, उनले भने ।
    कोभिड १९ को विश्वव्यापी सन्त्रास पछिको यस विषम परिस्थितीमा मानविय सेवाबाट कोही पनि विमुख हुनुहुदैन भन्ने भावनाबाट प्रेरित भएका यो कार्य गरिएकाले कुनै पनि राजनीतिक दलका व्यक्तिहरुबाट विरोध जनाइनु नितान्त गलत भएको भन्दै उपाध्यक्ष उप्रेतीले सबै सहयोगी मनहरुलाई आपूmहरुको अभियानमा हातेमालो गर्न आग्रह समेत गरेका छन् ।

  • १२ बैशाख २०७७, शुक्रबार ११:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित