मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सहुलियत दरमा तरकारी तथा फलफुल बिक्रि गर्दै कोहलपुर उद्योग वाणिज्य संघ
  • मार्गरेखा संवाददाता

  • एस.एम.वि. बांके कोरोना भाइरसका कारण देश लकडाउन भएपछी बाँकेका किसानले उत्पादन गरेका तरकारी तथा फलफुलहरु लाई उद्योग वाणिज्य संघले खरिद गरेर उपभोक्तालाई सहुलियत दरमा विक्रि वितरण कार्य गरेको छ । बाँके र बर्दियामा उत्पादन भई बिक्रि हुन नसकेका तरकारी तथा फलफुलहरु कोहलपुर उद्योग वाणिज्य संघले खरिद गर्दै कोहलपुर स्थित विभिन्न चोक,तथा वडाहरुमा गएर उपभोक्तालाई सहजिकरण गरेको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले बताए । लकडाउनका कारण बाँके र बर्दियामा किसानले उत्पादन गरेका तरकारी तथा फलफुलहरु कुइएर खेर जाने भएपछी उपभोक्ताले सहुलियत दरमा खरिद गरेको कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले बताए ।
    बिहिबार राप्तीसोनारी गाँउपालिका कुशुमका किसानहरुले उत्पादन गरेको १२ सय क्युन्टल टमाटर कोहलपुर बजारमा सुलभ दरमा उद्योग वाणिज्य संघको अगुवाईमा बिक्रि वितरण गरिएको थियो । यसरी किसानहरुको उत्पादित बस्तुहरु कुइएर जान नदिन र लकडाउनको समयमा तरकारी तथा फलफुलको अभाव हुन नदिन सो क्रियाकलाप संचालन गर्नुपरेको उद्योग वाणिज्य संघकी सदस्य सिता कार्की बताउछिन् । लाखौ रकम लगानी गरेर किसानले बेमौसमी तरकारी तथा फलफुल उत्पादन गरेका छन् । उक्त तरकारी र फलफल लकडाउनका कारण निकै प्रभावित भएको छ भने कतिपय किसानले उत्पादन गरेका वस्तुहरु कुइएर जाने निश्चित छ ।
    लकडाउनको समयमा किसानले उत्पादन गरेका फलफल तथा तरकारीहरु छन् भने कोहलपुर उद्योग वाणिज्य संघको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । उद्योग वाणिज्य संघको सो कार्यले किसानहरुलाई केही राहत समेत प्र्रदान गरेको छ । केही दिन अगाडी उद्योग वाणिज्य संघले ५ रुपैँया किलो काक्रा र १० रुपैँया किलो टमाटर बिक्रि गरेको थियो ।

  • १२ बैशाख २०७७, शुक्रबार १२:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित