मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरमा दुर्घटना हुँदा एकको निधन, एक घाईते
  • मार्गरेखा संवाददाता

  • बाँकेको कोहलपुरमा नेपालि सेनाको गाडीले ठक्कर दिदा मोटरसाईकलमा सवार एक युवकको ज्यान गएको छ । कोहलपुर–नेपालगन्ज सडकखण्डसँगै जोडिएको एनटिभि चोकमा भएको दुर्घटनामा कोहलपुर नगरपालिका वडा नं. २ का २४ वर्षिय किरण भुषालको ज्यान गएको हो ।
    नेपालगन्जबाट कोहलपुतर्फ आउँदै गरेको नेपाली सेनाको बा १ ज ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक भुषालको ज्यान गएको हो । मोटरसाईकल पछाडी बसेकी बारबर्दिया नगरपालिका ४ की २७ वर्षिय प्रतिक्षा भुषाल भने गम्भीर घाईते भएकी छन । उनको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
    दुर्घटना लगत्तै प्रहरीले सेनाको गाडीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

  • २० बैशाख २०७७, शनिबार १७:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित